cURL Error: 0 बिर्तामोड मै अत्याधुनिक होटल- द रिजेन्सी हस्पिटालिटी’सञ्चालनमा - पूर्व खबर

बिर्तामोड मै अत्याधुनिक होटल- द रिजेन्सी हस्पिटालिटी’सञ्चालनमा

दक्ष जनशक्ति उत्पादनमा दृढ संकल्प लिएर झापाको बिर्तामोडमा सञ्चालित ‘द रिजेन्सी हस्पिटालिटी’ले झण्डै दुई करोड रुपैयाँको लगानीमा प्रयोगात्मक अभ्यास एवम् प्रशिक्षण कक्ष निर्माण गरेर कक्षा सञ्चालन गरिरहेको छ ।

सन् २०२१ देखि बिर्तामोड–५ स्थित सुब्बाचोक नजिकै सञ्चालित सो होटल मेनेजमेन्ट स्कूलले विश्वबजारमा प्रतिष्पर्धा गर्नसक्ने दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले कक्षा सञ्चालन गरिरहेको संस्थापक रोहित ओझा बताउँछन् ।

सन् १९९४ देखि सोही विषयमा प्रशिक्षणरत ओझाले सञ्चालन गरेको द रिजेन्सी हस्पिटालिटीमा हाल ९० जना प्रशिक्षार्थीहरु होटल व्यवस्थापनका विभिन्न विषयमा प्रयोगात्मक अभ्यास गरिरहेको उनले जानकारी दिए ।

“यहाँ ९९ प्रतिशत प्रयोगात्मक कक्षा हुन्छ । भोकेशनल ट्रेनिङ भएकाले सैद्धान्तिक कक्षा थोरै हुन्छन्” उनले भने, “हस्पिटालिटी सेक्टरमा काम गर्न सिपालु जनशक्तिको माग विश्व बजारमा बढिरहेकोेले सोही आवश्यकता पूरा गर्न प्रयोगात्मक अभ्यासका लागि चाहिने संरचनामा ठूलो लगानी पनि गरिएको छ ।”

होटल व्यवस्थापन विषयका दक्ष एवं अनुभवी प्रशिक्षक मानिएका ओझाका अनुसार सो तालिम केन्द्रमा अध्ययन गरेका विद्यार्थीहरु अहिले युरोप, अष्ट्रेलिया, कतार लगायतका तारे होटलहरुमा रोजगारी गरिरहेका छन् ।

कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गरी विभिन्न शैक्षिक निकायबाट अनुमति लिएर सञ्चालन भइरहेको सो प्रशिक्षण केन्द्रमा डिएचएम, एडिएचएम, कुक (बेसिक र एडभान्स), वेटर–वेट्रेस, बेकरी, वारिष्टा, बारमेन, हाउस किपिङ, रिसेप्सनिष्ट आदिको प्रयोगात्मक तालिम प्रदान गर्ने गरिएको द रिजेन्सी हस्पिटालिटीका प्रबन्ध निर्देशक रोहन ओझा बताउँछन् ।

रिजेन्सी स्कूलबाट व्यवसायिक सीप आर्जन गरेका युवाले स्वदेश तथा विदेशका नाम चलेका होटलहरुमा रोजगारी पाएको हस्पिटालिटीका प्रबन्ध निर्देशक ओझा बताउँछन् ।

विशेषज्ञ प्रशिक्षार्थी बन्नका लागि नेपालका ठूला र नाम चलेका होटलहरु र्याडिसन, हायात, सांग्रिला, मल्ल, सेराटन, मेची क्राउन, ताज, ले मेरिडिन, क्राउन प्लाजा आदिमा पठाउने गरिएको संस्थापक तथा कार्यक्रम निर्देशक ओझाले बताए ।

यसैगरी चीन, मलेसिया, दुबई, मकाओ, मोरिसस, भारत आदि देशका ठूला होटलहरुमा सःशुल्क प्रशिक्षार्थीका रुपमा पनि विद्यार्थीहरु जाने गरेको रिजेन्सीका संस्थापक ओझाको भनाई छ ।

द रिजेन्सी हस्पिटालिटीमा कुकिङको लागि ३ देखि ६ महिनासम्म दैनिक अढाई घण्टाका दरले तालिम दिइने गरेको । सो को प्याकेज ३६ हजार रुपैयाँ निर्धारण गरिएको संस्थापक ओझाले बताए ।

यसैगरी बेकरीको कक्षा १ महिनासम्म ३ देखि ४ घण्टा सञ्चालन हुनेछ भने बारिस्टाको कक्षा १ महिनासम्म १ घण्टाका दरले सञ्चालन गर्ने गरिएको उनले बताए । वेटर वेट्रेस कक्षाका लागि मासिक १० हजार रुपैयाँ निर्धारण गरेको सो स्कूलले बिहान ८ देखि दिउँसो २ बजेसम्म कक्षा सञ्चालन गर्दै आएको जनाइएको छ ।

सैद्धान्तिक कक्षाका लागि र विदेशका स्तरीय होटलहरुमा हस्पिटालिटी सेक्टरमा कसरी काम गरिन्छ भन्ने बुझाउन द रिजेन्सी हस्पिटालिटीले ३५ जना क्षमताको मल्टिमिडिया क्लासरुम एवम् अडिटोरियम हल पनि बनाएको प्रबन्ध निर्देशक ओझाले जानकारी दिएका छन् ।

सो तालिम केन्द्रमा मलेशियामा १४ वर्षसम्म सेफ काम गरेका अनुभवी प्रशिक्षकले सुशी (जापानिज फूड) सम्बन्धी तालिम दिने गरेका छन् ।

आफ्नो केन्द्रबाट उत्पादित जनशक्ति विभिन्न श्रेणीका उत्कृष्ट होटलहरुमा खपत हुँदै आएका र भावी दिनमा पनि दक्ष जनशक्ति उत्पादनमा कुनै कसर बाँकी नराख्न आफूले तालिम कक्षहरुमा स्रोत साधनको व्यवस्थाका लागि दुई करोड रुपैयाँ हाराहारी लगानी गरिसकेको संस्थापक तथा कार्यक्रम निर्देशक ओझा बताउँछन् ।

तस्वीर
गोपाल काफ्ले साझा मञ्च

Leave a Reply

Your email address will not be published. Required fields are marked *