cURL Error: 0 ओलीहरूको कुल मन्दिर सुरुङ्गामा बन्दै-२ करोडको जमिन निःशुल्क - पूर्व खबर

ओलीहरूको कुल मन्दिर सुरुङ्गामा बन्दै-२ करोडको जमिन निःशुल्क

राजकुमार ओली बिर्तामोड झापा

ओलीवंश समन्वय समिति को नाममा कुल मन्दिर निर्माण हुने भएको छ।
कन्काई २ निवासी नरप्रसाद ओली र चन्द्रमाया ओलीका छोराहरुले २ करोड मूल्यको जग्गा पास गरेपछि उक्त मन्दिर बन्न लागेको हो।।

कन्काई २ का कृष्ण ओली देवी ओली र गङ्गा ओलीका छोराहरूले हजुरबुवा नरप्रसाद र हजुरआमा चन्द्रमायाको नाममा ओली वंश समन्वय समिति केन्द्रीय कार्यालय र झापाको लागि निःशुल्क पाँच कठ्ठा जग्गा प्रदान गरेपछि ओली हरूको कुल पूजा मन्दिर स्थापना गर्न लागिएको हो।
मन्त्रीसँगै ओलीवंश सामुदायिक हल समेत निर्माण गर्न लागिएको केन्द्रीय अध्यक्ष उमेश चन्द्र ओलीले पूर्व खबरलाई बताउनुभयो।।
कन्काई नगरपालिका कार्यालय सँगैको करिब २ करोड मूल्य पर्ने पाँचकठ्ठा जग्गा निःशुल्क प्रदान गरेपछि आफूहरुले हजुरबुवाको मन्दिर बनाउने सपना पूरा हुने विश्वास लिएको नाती राजु ओलीले बताए।
ओली वंश समन्वय समिति ले उक्त जमिनमा वैदिक विधिअनुसार मन्दिर को र सामुदायिक हलको शिलान्यास समेत गरेको झापाका अध्यक्ष भवानी ओलीले बताउनुभयो।
आफूहरूले बिर्तामोड चोकमा रहेको ओली भवनलाई भाडामा दिएको र त्यहाँ जमिन सानो भएकोले कन्काई नगरपालिकाको जामुन बारीमा सामुदायिक हल र कुल मन्दिर बनाउन लागिएको केन्द्रीय महासचिव मोहन ओलीले बताउनुभयो।
आफ्ना हजुरबुवा हजुरआमा र बुबाहरूको स्मृतिमा यो सामुदायिक ओली भवन बनाउन हिम्मत गरिएको नाती राजु ओलीले जानकारी दिएका छन्। आफूहरुले ओली बन्धुहरूको देवीदेवता को मन्दिर कोशी पूर्वमा बनाउनको निम्ति पनि यो जमिन निःशुल्क उपलब्ध गराएको र आफ्ना हजुरबा हजुरआमाको सपना साकार पार्न पनि यो अभियान थालिएको बताउनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *