cURL Error: 0 श्रीमतीको कृते हाजिरी गर्ने प्रअ गुप्ता अख्तियारको फन्दामा - पूर्व खबर

श्रीमतीको कृते हाजिरी गर्ने प्रअ गुप्ता अख्तियारको फन्दामा

भ्रष्टाचारको आरोप लागेका झापा गाउँपालिका-४ स्थित डिल्लीराज माध्यमिक विद्यालयका प्रधानाध्यापक वीरेन्द्रप्रसाद गुप्तालाई पदबाट हटाइएको छ ।

गुप्तालाई प्रधानाध्यापकबाट हटाएसँंगै सहायक प्रअ गोपिकृष्ण पराजुलीलाई नियुक्त गरेको छ ।

प्रअ गुप्ताका विरुद्द अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा डिल्लीराज माविका विषयमा १६ बुँदे उजुरी परेको थियो । जसमा २०७६÷०७७ पछि वीरेन्द्रप्रसाद गुप्ता प्रधानध्यापकसंगै विद्यालयमा अनियमितता मौलाएको उजुरीमा उल्लेख छ ।

शिक्षा क्षेत्रलाई भ्रष्टाचाररहित बनाउने भन्दै झापा गाउँपालिका–४ मा रहेको डिल्लीराज माध्यमिक विद्यालयका गुप्तालाई पदवाट हटाइएको हो ।

बाल बिकास शिक्षकका रुपमा विद्यालयमै कार्यरत प्रअ गुप्ताकी पत्नी ज्योतिकुमारी गुप्ता विद्यालयमा अनुपस्थित भएको दिनमा पनि स्वयम् प्रधानाध्यापकले किर्ते हस्ताक्षर गरी हाजिरी गरेर पदीय दुरुपयोग गरेको, बजार मूल्य भन्दा बढी मूल्यको बिल भौचर तयार पारी विद्यालयमा विद्यार्थी तथा शिक्षक कर्मचारीका लागि खरिद गरिएका कमसलस्तरका डेक्स,बेन्च,पंखा,पोडियम,

इन्टरएक्टिभ बोर्ड,प्रोजेक्टर,स्मार्टबोर्ड,

सिसिटिभी,क्यामेरा,टेबल,कार्पेट,सोफा,सेनिटाइजर,फिल्टर,ट्वाइलेटका सामानमा अनावश्यक रुपमा भ्रष्टाचार गरेको उनी विरुद्ध अख्तियारमा उजुरी छ । प्रधानाध्यापक गुप्ताले विद्यालयका सबै गतिविधिमा अनियमितता गरेको आरोप उजुरीमा उल्लेख छ ।

विद्यालयको भ्रष्टाचारका विषयमा स्थानीयवासी सर्वदलीय दबाब बढेपछि गाउँपालिकाले भ्रष्टाचारको आरोप लागेका गुप्तालाई पदबाट हटाएको गाउँपालिकाकी कार्यबहाक अध्यक्ष अन्जुदेवी थपलियाले बताइन् । हरेक क्षेत्रमा भ्रष्टाचाररहित सुशासन हाम्रो अभियान हो” थपलियाले भनिन् – हामीले गुप्तालाई पदबाट हटाएर पराजुलीलाई निमित्त प्रअमा नियुक्ति गरेका छौ, गुप्ता अब शिक्षक मात्र हो प्रअ होइन ।anugamanbata

यसअघि पनि अर्जुनधारामा रहेको लक्ष्मी माध्यमिक विद्यालयमा समेत उनले भ्रष्टाचारको मुद्दा खेपेका थिए । तर, पछि उनले उक्त मुद्धामा सफाई पाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *