cURL Error: 0 नश्ल सुधार सहितका निशूल्क बोका वितरणले सहारा किसान उत्साहित - पूर्व खबर

नश्ल सुधार सहितका निशूल्क बोका वितरणले सहारा किसान उत्साहित

विर्तामोड झापा २३ बैशाख

सहारा नेपाल साकोसले नश्ल सुधार सहितको विउ बोकाहरु कृषकहरुलाइ निशुल्क वितरण गरेकोछ ।

नेपाल कै ठुलो र सफल भएको सहारा नेपाल साकोसले आफ्ना कृषक समुहलाइ उन्नत जातको विउ विजन तथा नश्ल सुधार बाख्रा व्यावस्थापन गर्ने लक्ष्यको साथ वितरण गर्दै आएको निशुल्क बोका उपहार कार्यक्रम अन्र्तगत यो वर्ष पनि अभियान शुरु गरेको अध्यक्ष हरि राजबशींले जानकारी दिनुभएको हो ।

आफ्ना शियर सदस्यहरुलाइ गाँइ गोठ ,बाख्रा गोठ,सुंगुर गोठ लगाएतका अभियानमा मार्फत किसानका आयश्रोतलाइ परिवर्तन गर्ने लक्ष्यका साथ अभियान सन्चालन गरिरहेको र यो वर्ष पनि इलाम झापा र मोरडं लगाएतका ६ जिल्लामा आफुहरुको अभियान सन्चालन भइरहेको कार्यकारी प्रमुख महेन्द्र कुमार गिरीले जानकारी दिनुभएको हो ।

सहारा नेपालको कृर्षि तथा बातावरण उपसमितीको प्रस्तावमा सहारा नेपालले मोरडंको केरावारीमा सन्चालनमा रहेको लगनशिल सहारा कृषक समुह ,झापाको देउराली सहारा कृषक समुह गोलधाप ,सृजनशिल सहारा कृषक समुह बुधवारे तथा इलामको विहीवारे सहारा कृषक समुह दानावारीलाइ छनौट गरि ४ वटा नश्ल सुधार का बोेका वितरण गरिएको समितीका प्रमुख डाक्टर कमलेश्वर भाटले जानकारी दिनुभएको छ ।

समृह छनौट गरिएपछि सहारा नेपाल सहकारीले बोकाको छनौट गरि कृर्षि फर्महरुको बोकाहरु खरिद गरि शनिवार कृषक समुहलाइ वितरण गरिएको हो ।

समितीका सयोंजक राजकुमार ओलीको प्रमुख आथित्यतामा झापाको गोलधाप र होक्सेको कृषक समुहलाइ बोका वितरण गरिएको छ भने केरावारीको कृषक समुहलाइ शनिवार नै पशु चिकित्सक सन्जित यादव तथा पशु विमा फोकल प्रर्शन विनोद दाहाल समेतको टिमबाट बोका वितरण गरिएको हो ।

त्यस्तै दानाबारीको विहीवारे कृषक समुहलाइ सोमवार बोका वितरण गरिने तयारी गरिएको फोकलप्रसन शकंर रिजालले बताए ।

पछिल्लो समय सहारा नेपालले कृषकहरुलाइ लक्षित गरि विभिन्न समुहहरु बनाउदै निशुल्क रुपमा प्राविधिक सेवा तथा अन्य सेवाहरु प्रदान गर्दै आएको छ ।

आफ्नो कार्यक्षेत्रमा हाल सम्म ४४ वटा समुह बनाउदै किसानलाइ निशुल्क रुपमा विउविजन ,नश्ल सुधार सहितका बोका ,तथा किसानका घर घरमा पुगेर पशु सेवा दिदै आएको सयोंजक ओलीले जानकारी दिएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *