cURL Error: 0 अशोक राईको जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता - पूर्व खबर

अशोक राईको जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता

। निर्वाचन आयोगले जनता समाजवादी पार्टीलाई नयाँ दलको मान्यता दिएको छ । अशोक राईसहित ७ जना सांसद र ३० जना केन्द्रीय सदस्य हस्ताक्षरसहित आयोगमा दल दर्ताको निवेदन दिएका थिए ।

आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट अलग्गिएर राई नेतृत्वमा जनता समाजवादी पार्टीलाई दर्ता गरेको हो । आयोगले जनता समाजवादी पार्टीलाई सोमबार नयाँ दल दर्ताको प्रमाणपत्र दिएको हो।

आयोगले दल दर्ता सम्बन्धी अध्यादेश खारेज भएको भएपनि अध्यादेशबाट बनेको राजनीतिक दल दर्ता सम्बन्धी नियमावलीमा टेकेर दल दर्ता गरेको बुझिएको छ ।

निर्वाचन आयोगमा नयाँ दल जसपाको दल दर्ता नम्बर १९८ रहेको छ।

नियमावली अनुसार संघीय संसदमा रहेका दलका सांसदको २० प्रतिशत र केन्द्रीय समितिको २० प्रतिशतले हस्ताक्षर गरेर दल विभाजन तथा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएमा दल दर्ता गर्न सकिने व्यवस्था रहेको छ ।dainiknepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *