cURL Error: 0 देउनिया घाटमा मलामी घर बनाउँदा वडाध्यक्षमाथि हातपात - पूर्व खबर

देउनिया घाटमा मलामी घर बनाउँदा वडाध्यक्षमाथि हातपात

देउनिया खोलामा मलामी विश्राम घर बनाउन खोज्दा वडा अध्यक्ष कृष्ण खरेल माथि हातपात भएको छ।
आफूहरूको एलानी माटोमा बिर्तामोड नगरपालिकाले मलामी विश्राम घर बनाउन खोजेको भन्दै आक्रमण गरिएको हो ।
आक्रमण गर्नेहरूलाई कानुनी कारबाहीको लागि इलाका प्रहरी कार्यालय मा उजुरी गरिएको छ।
बिर्तामोड नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष कृष्ण खरेल र कार्यपालिका सदस्य लक्ष्मी खतिवडामाथि आक्रमण गर्नेविरुद्ध उजुरी दर्ता भएको हो।

उनीहरुले आक्रमणमा संलग्नलाई कानुनी कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय अनारमनीमा उजुरी दर्ता गराएका हुन् ।

वडा नम्बर ७ कै देउनिया घाटमा मलामी घर निर्माणका क्रममा वडा अध्यक्ष खरेल र कार्यपालिका सदस्य खतिवडामाथि स्थानीय गणेश कालिकोटे, नन्दु उप्रेती र दाताराम आचार्यले भौतिक आक्रमण गरेका थिए ।

उप्रेतीले वडा अअध्यक्ष खरेललाई छातीमा आक्रमण गरेको स्थानीयले बताए । कार्यपालिका सदस्य खतिवडालाई कालीकोटे र आचार्यले हातपात गरेका थिए ।
स्थानीय होम आचार्यको सिमानासँग जोडिएको उक्त घाटमा आचार्यले नै अरुलाई उक्साएर तनाव सिर्जना भएको हो ।

उनीहरुले मलामी घर निर्माणको विरोध गर्दै आएका छन् । ऐलानी जग्गामा रहेको खाली झुप्रो घर हटाएर मलामी घर निर्माण गर्न लागेपछि उनीहरु आक्रोशित भएका हुन् ।

खाली झुप्रोका घरधनीलाई यसअघि नै नगरपालिकाले घर बनाइदिएर अन्यत्र सारेको छ । घाट निर्माणमा तनाव उत्पन्न भएपछि नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला पनि पुगेका थिए ।

मलामी घर निर्माणका लागि यस आर्थिक वर्षमा ५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको र काम अघि बढाउँदा आक्रमण भएको वडा अध्यक्ष खरेलले बताए

Leave a Reply

Your email address will not be published. Required fields are marked *