cURL Error: 0 मुख्यमन्त्री कार्कीसहित एमालेबाट मन्त्रिपरिषद्‌मा ६ र माओवादीबाट ४ जना सहभागी - पूर्व खबर

मुख्यमन्त्री कार्कीसहित एमालेबाट मन्त्रिपरिषद्‌मा ६ र माओवादीबाट ४ जना सहभागी

कोशी सरकारको मन्त्रालय भागबन्डा टुंगिएको छ। मुखयमन्त्री हिक्मतबहादुर कार्कीले दलका नेताहरूसँगको छलफलपछि मन्त्रालयको भागबन्डा टुंग्याएका हुन्।

मुख्यमन्त्री कार्कीसहित एमालेबाट मन्त्रिपरिषद्‌मा ६ र माओवादीबाट ४ जना सहभागी हुने भएका छन्। मुख्यमन्त्री कार्यालयका अनुसार एमालेबाट एकराज कार्की, लिलाबल्लब अधिकारी र पिके राई मन्त्री बन्नेछन्। यस्तै सिर्जना राई राज्यमन्त्री हुँदैछिन्।

माओवादी राजेन्द्र कार्कीको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ। नारायण बुर्जा मगर मन्त्री बन्ने छन्। माओवादीकी वन्दना झाँगड राज्यमन्त्री बन्ने छिन्। एमालेबाट यसअघि राम राना मगर र माओवादीबाट गणेश उप्रेती मन्त्री नियुक्त भएका थिए।

यसरी गरियो भागबन्डा

१) मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, कृषि, उध्योग तथा सहकारी मन्त्रालयः हिक्मतकुमार कार्की
२) आर्थिक मामिला तथा योजना मन्त्रालय- रामबहादुर मगर
३) स्वास्थ्य मन्त्रालय- राजेन्द्र कार्की
४) सामाजिक विकास मन्त्रालय- पाँचकर्ण राई
५) उर्जा, सिंचाइ तथा खानेपानी मन्त्रालय- एकराज कार्की
६) भौतिक पुर्वाधार बिकास मन्त्रालय – गणेश उप्रेती
७) पर्यटन, वन तथा वातावरण मन्त्रालय- नारायण बहादुर मगर
८) आन्तरिक मामिला तथा कानुन मन्त्रालय- लिलाबल्लभ अधिकारी
९) सृजना राई – राज्यमन्त्री
१०) बन्दना झागर- राज्यमन्त्री, पर्यटन, वन तथा वातावरण मन्त्रालयsajhamanch

Leave a Reply

Your email address will not be published. Required fields are marked *