cURL Error: 0 कोशी प्रदेशमा सुचीकृत भएको पहिलो अस्पताल विएण्डसी मेडिकल कलेज भएकोमा गर्व लागेकोछ —प्रमिस गिरी ,भिडियो सहित - पूर्व खबर

कोशी प्रदेशमा सुचीकृत भएको पहिलो अस्पताल विएण्डसी मेडिकल कलेज भएकोमा गर्व लागेकोछ —प्रमिस गिरी ,भिडियो सहित

झापाको बिर्तामोडमा रहेको वि एण्ड सीले हेड तथा स्पाइनल इन्जुरी भएका संवेदनशिल बिरामीका लागी १ लाख सम्मको स्वास्थ्य बिमा सञ्चालनमा ल्याएको छ ।

विपन्न नागरिक औषधी कोष कार्यक्रम अन्र्तगत स्वास्थ्य कार्यलयको सहयोगमा आजबाट यो सेवा सञ्चालनमा आएको विएण्ड सीका जनसम्पर्क प्रमुख प्रनिस गिरीले जानकारी दिनु भयो ।

गिरीले पूर्वमा हेड तथा स्पाइनल इन्जुरीमा सरकारबाट सुचिकृत हुने संस्था वि एण्ड सी बन्न सफल भएको बताउनु भयो ।उहाँले दुर्घटनाजन्य इन्जुरीलाई मात्रै कार्यक्रमले समेट्ने बताउनु भएको हो ।

न्यरो डक्टर करुणा ताम्राकारले नेपाल सरकारले विपन्न नागरिकलाई हेड तथा स्पाइनल इन्जुरीका निम्ति स्वास्थ्य बिमा दिएको बताउदै कुनै पनि टाउको र स्पाइनको चोटबाट ग्रसित नेपाली नागरिकले यो सेवा लिन सक्ने जानकारी दिनुभएको छ ।

उहाँले सामान्य हेड इन्जुरी देखि सिनिय हेड इन्जुरी सम्मको उपचार गरिने बताउनु भयो ।

त्यस्तै अर्का न्यरो डाक्टर निराजन पराजुलीले स्पाइनल कडको अपरेशनपछी हालिने रड र स्क्रुका लागी यो योजना बिमा भित्र नपर्ने बताउनु भयो ।

पत्रकारहरुको प्रश्नको जवाफ दिदै जनसम्पर्क अधिकारी गिरीले चाडै रोकिएको बिमा सेवा सञ्चालनमा आउने बताउनु भयो ।
आउने दिन अस्पताले विमाको सवै सेवाहरु आफ्नो अस्पतालमा शुरु गर्न योजना बनाएको सुचना अधिकारीले बताउनुभएकोहो

Leave a Reply

Your email address will not be published. Required fields are marked *