cURL Error: 0 मनमोहन अस्पतालको सिलबन्दी दरभाउ–पत्र आव्हान सम्बन्धी सूचना - पूर्व खबर

मनमोहन अस्पतालको सिलबन्दी दरभाउ–पत्र आव्हान सम्बन्धी सूचना

आ.व.२०८१/०८२ को लागि मनमोहन मेमोरियल पूर्वाञ्चल क्षेत्रीय सामुदायिक अस्पताल बिर्तामोड, झापालाई तपशिलमा उल्लेखित सेवा सञ्चालन र सामग्रीहरु आपूर्ति गर्नुपर्ने भएकाले इच्छुक इजाजत प्राप्त सेवा सञ्चालक तथा सप्लायर्सहरुले आवश्यक कागजात समेत संलग्न राखी आफूले सप्लाइ गर्न चाहेको सामग्रीको ब्रान्ड र कवोल गरेको दररेट रकम अंक र अक्षरमा प्रष्ट बुझिने गरी उल्लेख गर्दै अस्पतालले उपलब्ध गराएको फारम यो सूचना प्रथमपटक प्रकाशित भएको मितिले २१ दिनभित्र कार्यालय समयभित्र (शनिबार बाहेक) अस्पतालको प्रशासन शाखाबाट फारम लिइ सिलबन्दी दरभाउ पत्र सूचिकरणको लागि पेश गर्न आव्हान गरिन्छ । सूचिकरण गरिएका सप्लायर्सहरु मध्ये प्राप्त दरभाउ–पत्रहरुलाई छानबिन गरी अन्तिम निर्णय गर्ने सम्पूर्ण अधिकार अस्पतालमा निहित रहेको व्यहोरासमेत जानकारी गराइन्छ ।
तपशिल :
१. ल्यावका रिएजेन्ट, अन्य ल्याब आइटम तथा केमिकल्स २. सर्जिकल आइटमहरु ३. सर्जिकल इन्स्ट्रुमेन्टहरु ४. क्लिनिङ युटिलिटी आइटम (सरसफाईका सामग्री) ५. स्टेशनरी सामानहरु ६. छपाई सम्बन्धी कामहरु ७. कम्प्युटर, प्रिन्टर, पार्टस् तथा टोनर रिफिलिङ्ग ८. इलेक्ट्रिकल्स सामग्रीहरु
९. लण्ड्री सेवा सम्बन्धी आइटमहरु १०. जेनेरेटर मर्मत सेवा र पार्टसहरु ११. AC मर्मत सेवा र पार्टसहरु १२. तोकिएका मेडिसिनहरु १३. डेन्टल आइटमहरु १४. अर्थो इम्प्लान्ट आइटमहरु १५. प्लम्बिका सामग्रीहरु १६ डाइलोसिस सम्बन्धीत सम्पुर्ण सामग्रीहरु १७ अस्पतालको युनिर्फम तथा लिनेन Linens सम्बन्धी सामाग्रीहरु
संलग्न गर्नुपर्ने कागजातहरु :
सप्लाइ गर्ने सेवा र सामाग्री सम्बन्धी अस्पतालले उपलब्ध गराएको फर्म भरि संलग्न राख्नुपर्ने
कम्पनी/फर्म दर्ता प्रमाणपत्र
स्थायी लेखा नम्बर प्रमाणपत्र (VAT/PAN)
करचुक्ता प्रमाणपत्र latest
आफूले सप्लाई गर्ने सामग्रीको producer/ importer/ Distributer/आधिकारिक विकेतामध्ये आफू जे हो सो को आधिकारिक कागजातहरु ।
विस्तृत जानकारीको लागी सम्पर्कः मनमोहन मेमोरियल सामुदायिक अस्पताल
बिर्तामोड झापाको प्रशासन शाखा
फोन नं. ०२३५३५२५१

Leave a Reply

Your email address will not be published. Required fields are marked *