बिएन्डसी टिचिङ हस्पिटलमा निःशुल्क हेमोडाइलाइसिस कार्यक्रम उद्घाटन

बिएन्डसी टिचिङ हस्पिटलले विपन्न नागरिक उपचार कोषअन्तर्गत निःशुल्क हेमोडाइलाइसिस कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

विर्तामोडबाट सन्चालनमा रहेको विएण्डसि हस्पिटलमा आज आइतवारपत्रकार सम्मेलन गरेर सेवा सुरु भएको निःशुल्क हेमोडाइलाइसिस कार्यक्रमबारे जानकारी दिइएको हो ।

कार्यक्रमअन्तर्गत नेपाल सरकारले तोकेबमोजिम मृगौलाका बिरामीहरुलाई निःशुल्क रुपमा हेमोडाइलाइसिस सेवा प्रदान गरिने अस्पतालका सूचना अधिकारी प्रमसि गिरीले जानकारी दिनुभएको हो ।

कार्यक्रममा कुनै पनि मृगौलाका बिरामीहरुले निःशुल्क रुपमा हेमोडाइलाइसिस सेवा लिन पाउने गिरीले बताउनुभयो ।

निःशुल्क सेवा लिनको लागि बिरामी अस्पतालको ओपिडी वा इमरजेन्सीमा आएपछि चिकित्सकले आवश्यक स्वास्थ्य परीक्षण गरी मृगौलामा समस्या देखिएको र मृगौलाको हेमोडाइलाइसिस गर्नुपर्ने देखिएमा बिरामीको स्थायी ठेगाना भएको स्थानीय तहलाई सम्बोधन गरी विपन्न नागरिक औषधि कोषअन्तर्गत निःशुल्क हेमोडाइलाइसिस सेवाको लागि सिफरिसका लागि अस्पतालले सिफरिसपत्र उपलब्ध गराउनेछ ।

त्यस्तै, बिरामीको परिवारको सदस्यले उक्त सिफारिस पत्र सम्बन्धित स्थानीय तहमा पेस गरेपछि पालिकाको प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य शाखाको प्रमुख रहेको समितिले निर्णय गरेर निर्णयको प्रतिलिपिसहित अस्पताललाई सिफरिसपत्र पठाउनु पर्नेछ ।

स्थानीय तहको सिफारिसपत्रको आधारमा अस्पतालले बिरामीसँग सम्बन्धित अन्य आवश्यक कागजातहरु संलग्न गरेर बिएन्डसी अस्पतालको सामाजिक सुरक्षा इकाइमा पेस गरेपछि निःशुल्क हेमाडाइलाइसिस सेवा प्राप्त गर्न सकिने अस्पतालले बताएको हो ।

कार्यक्रमअन्तर्गत बिरामीको उपचार प्रक्रियामा अस्पतालमा कार्यरत डक्टर गोपाल मिश्र, डक्टर मुक्ति देवकोटा, डक्टर वासुदेव बाँस्कोटा, डक्टर राजु श्रेष्ठ, डक्टर अमितकुमार शाह लगायतको चिकित्सक एवम अन्य स्वास्थ्यकर्मीहरुको समूह संलग्न रहने अस्पतालले जनाएको छ ।

हाल बिएन्डसीमा पाँचवटा हेमाडाइलाइसिस मेसिन रहेको र चाँडै थप गरेर २० वटा पुर्याइने गिरीले जानकारी दिनुभएको हो ।

यसैबीच, हेमाडाइलाइसिसका लागि अस्पतालमा फिस्टुला बनाउने तथा सघन उपचारको पनि व्यवस्था रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array