cURL Error: 0 विर्तामोडमा सामुदायिक कर्मयोग भवन बनाउदै सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्र - पूर्व खबर

विर्तामोडमा सामुदायिक कर्मयोग भवन बनाउदै सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्र

राजकुमार ओली विर्तामोड

सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्र विर्तामोडमा सामुदायिक भवन निर्माण हुने भएको छ ।

झापा २ का सभासद तथा सविधान सभाका सभामुख देवराज घिमिरेको विषेस पहलमा विर्तामोडमा कर्मयोग हल सहितको सामुदायिक भवन बनाउन लागिएको हो।

विगतमा समेत विर्तामोडमा कर्मयोग भवन बनाउन पहल गरिएपनि विविध कारणले भवन बनाउन सकिएको थिएन ।तर यो आर्थिक वर्ष २०८१ ,८२मा भने सघिंय सरकारको विशेस योजनामा ५० लाख रुपैयाको भवन निर्माण शूरु गर्न लागिएको अध्यक्ष देवी प्रसाद सग्रौलाले पुर्वखवरलाइ बताउनुभयो ।

विर्तामोडको मुक्ति चोकबाट ५सय मिटर दक्षिण पश्चिम तथा होटल सिद्दार्थको नजिकमा भवन बनाउन शुरु गरिन लागेको सस्थाका बरिष्ठ उपाध्यक्ष सन्जिव चापाँगाइले जानकारी दिनुभएको हो ।

हाल अस्थायी प्रहरी चौकी समेत सन्चालन भैइरहेको यो सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रले स्थापना काल देखि लागु औषध द्र्रव्र्यसनी विरुद्दको अभियान सन्चालन गर्दै आइरहेको छ भने ,नेपालमा नै पहिलो पटक भागवत महायज्ञ सन्चालन गरि लागु अ‍ौषध द्रूव्यसनी विरुद्दको शैक्षिक अभियान समेत सन्चालन गरेको थियो ।
हाल अस्थायी प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षक को कमाण्डमा प्रहरीहरु तैनाथ रहेको यो सेवा केन्द्रले इलाका प्रहरी कार्यलय अनारमनी सगँ मिलेर समाज सुधारका अभियान सन्चालन गरिरहेको अध्यक्ष सग्रौलाले बताउनुभयो ।
भवनमा जान आउन पछिल्लो समय अदुवा पुल साँघुरो तथा भत्किन थालेपछि सेवा केन्द्रका अगुवाइमा सुविधा सम्पन्न पक्की पुल निर्माणको पहल समेत शुरु गरिएको छ ।विर्तामोडको पश्चिम स्टेण्डबाट २सय मिटर नजिकमा अदुवा खोला किनारमा रहेको सामुदायिक प्रहरीले आफनो जमिनमा सार्वजनिक शौचालय निर्माण समेत पहल शूरु गरेको सचिव राजकुमार ओलीले जानकारी दिनुभएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *