cURL Error: 0 सञ्चारकर्मी पाठकको स्मृतिमा श्रद्धाञ्जली सभा - पूर्व खबर

सञ्चारकर्मी पाठकको स्मृतिमा श्रद्धाञ्जली सभा

अग्रज पत्रकार तथा शिक्षक नेत्रप्रसाद पाठकको पाँचौ दिनको पुण्य तीथिका अवसरमा बिर्तामोडमा श्रद्धाञ्जली सभा गरिएको छ । प्रेस चौतारी नेपालको आयोजनामा आज (सोमबार) बिर्तामोडमा भएको श्रद्धाञ्जली सभामा चौतारी झापाका संस्थापक अध्यक्षसमेत रहेका स्व. पाठकले पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरिएको थियो ।

चौतारीका झापा अध्यक्ष मनकुमार गदालको अध्यक्षतामा भएको श्रद्धाञ्जली सभामा नेकपा एमाले झापाका अध्यक्ष प्रेम गिरीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य तथा नेकपा एमालेका कोशी प्रदेश सदस्य गणेश पोखरेलले स्व. पाठकले पत्रकारिताको क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि गिरी, प्रेस सेन्टर नेपाल झापाका अध्यक्ष राजु पाठक, प्रेस युनियन झापा अध्यक्ष गिरीराज भट्टराई, समाजबादी प्रेस संगठन झापा अध्यक्ष शम्भू दाहाल, फोनिज झापा अध्यक्ष भुमिका लिम्बु फियाकलगायतले स्व. पाठकले पत्रकारिता क्षेत्रमा गरेको योगदान नयाँ पुस्तका लागि प्रेरणादायि रहेको बताएका छन् ।

श्रद्धाञ्जली सभापछि त्यहाँ उपस्थित सवै पत्रकारजन्य संघ÷संठगनसहित नेपाल पत्रकार महासंघ तथा पत्रकारहरुले स्व. पाठकको निवासमा पुगेर परिवारजनलाई समवेदना ब्यक्त गरेका थिए । स्व. पाठकको दम, निमोनिया, प्रोस्टेट क्यान्सर र ब्रेनको नशासँग सम्बन्धित समस्याका कारण गत जेठ ३१ गते निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *