cURL Error: 0 अदुवा खोलाले कटान गरेपछि बिर्तामोड नगरपालिकाको अनुगमन - पूर्व खबर

अदुवा खोलाले कटान गरेपछि बिर्तामोड नगरपालिकाको अनुगमन

राजकुमार ओली बिर्तामोड झापा
अदुवा खोला ले बजारमा कटान सुरु गरेपछि अनुगमन गरिएको छ।

बिर्तामोड नगरपालिकाको नगरप्रमुख पवित्रा महतरा प्रसाई सहितको टिमले बिर्तामोड को अदुवा खोलाको कटानको अनुगमन गरेको हो।

बिर्तामोड नगरपालिका वडा नम्बर ४ स्थित सूर्योदय टोलमा अदुवा खोलामा बाढी आउँदा हुनसक्ने क्षतिबाट जोगाउन आवश्यक पहलका लागि नगर प्रमुख पवित्रा महतारा प्रसाई, प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडा, वडा नम्बर ४ का वडाअध्यक्ष राहुल शर्मा, वडानम्बर ३ का वडाअध्यक्ष मदन बुढाथोकी, वरिष्ठ कार्यक्रम अधिकृत जय तिम्सिना अनुगमन गर्नुभएको छ ।

बिर्तामोडको मुख्य चोक मा रहेको अदुवा पुलबाट करिब १०० मिटर दक्षिण मा अदुवा खोलाले निर्माणधीन सडकमा समेत क्षति गरेको छ।
स्थानीय अगुवा संजीव चापागाईंले आफूहरुले बाँधेको बाँध समेत अदुवा खोलाले क्षति गरेको र खोला बस्तीमा पस्न सक्ने खतरा बढेको बताउनुभएको छ।
अदुवा खोलामा भएको क्षतिलाई न्यूनीकरण गर्न आजबाट जाली र माटोको कामहरू आजबाट सुरु गरिने बिर्तामोड ४ का वडा अध्यक्ष राहुल शर्माले पूर्व खबरलाई बताए।
सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्र को अस्थायी प्रहरी चौकी को उत्तरतर्फ अदुवा खोलाले पश्चिम लाइनमा कटान गरेको हो।
यस क्षेत्रमा भोलि देखिनै रोकथामको काम सुरुहुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *