cURL Error: 0 बिर्तामोडमा प्रथम मिस्टर कोशी प्रदेश स्तरीय बडिबिल्डिङ प्रतियोगिता आयोजना - पूर्व खबर

बिर्तामोडमा प्रथम मिस्टर कोशी प्रदेश स्तरीय बडिबिल्डिङ प्रतियोगिता आयोजना

झापाको बिर्तामोडमा प्रथम मिस्टर कोशी प्रदेश स्तरीय शारीरिक सुगठन बडिबिल्डिङ प्रतियोगिता आयोजना भएकोछ

सामाजिक विकास मन्त्रालयअन्तरगतको प्रदेश खेलकूद विकास बोर्डको आयोजनामा आज शनिवार झापाको विर्तामोडमा प्रतियोगिता आयोजना भएको हो ।

झापा जिल्ला खेलकूद विकास समितिको संयोजन तथा झापा जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको प्राविधिक सहयोगमा आयोजित प्रतियोगिता लाइ सदस्य सचिव पर्शूराम बस्नेतको प्रमुख आथित्यतामा उद्घाटन समारोहमा खानेपानी मन्त्री एकराज कार्की ,झापा गोल्डकपका अध्यक्ष विनोद वस्नेत ,अर्जूनधारा नगरपालिकाका मेयर बलदेव गोम्देन लगाएतले शुभकामना मन्तव्य राख्दै खेलाडीलाइ उच्च मनोबलका साथ खेल्ने बाताबरण बनाउन सवैको ध्यान पुग्नु आवस्येक रहेको बताउनुभएको छ प्रतियोगितामा कोशी प्रदेशका १४ वटै जिल्लाबाट २ सय १२ जना खेलाडीको सहभागिता रहेको जिखेविसका अध्यक्ष भेषराज भण्डारी ले जानकारी दिनुभएको हो ।

प्रतियोगतामा ५५, ६०, ६५, ७० र ७० केजीभन्दा बढी तौल समूहमा प्रतिस्पर्धा भएको छ
सबै तौल समूहबाट पहिलो हुनेले प्रतियोगिताको ओभरअलमा सहभागिता जनाउने छन् भने प्रत्येक तौल समूहबाट दोस्रो र तेस्रो हुने प्रतिस्पर्धीले क्रमशः ७ हजार र ५ हजार नगद पुरस्कार पाउनेछन् । त्यस्तै प्रतियोगिताको ओभरअलबाट च्याम्पियन बन्ने खेलाडीले नगद १ लाख ५० हजार र आकर्षक ट्रफी पाउने र दोस्रो, तेस्रो, चौथो र पाँचौँ हुने खेलाडीले क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्ने छन ।
प्रतियोगिताका लागि अनुमानित २० लाख रुपैयाँ खर्च हुने बताइएको छ । प्रतियोगितामा ट्रफी र मेडल ग्यालेक्सी फिटनेस बिर्तामोडले सौजन्य गरेको छ भने झापा जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघका सल्लाहकार तथा ग्यालेक्सी फिटनेसका सञ्चालक चन्द्र रानामगर, शारीरिक सुगठनका अन्तर्राष्ट्रिय खेलाडी ललित धिमाल, राम दाहाल, राष्ट्रिय खेलाडी तुल श्रेष्ठ, संघकी कोषाध्यक्ष निशा पोमुलगायतको उपस्थिति रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *