cURL Error: 0 मन्त्री छान्ने जिम्मा अध्यक्ष केपी ओलीलाई - पूर्व खबर

मन्त्री छान्ने जिम्मा अध्यक्ष केपी ओलीलाई

नेकपा एमालेले मन्त्री छान्ने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।

बुधबार बसेको सचिवालय बैठकले मन्त्री बन्नेहरुको मापदण्डबारे निर्णय गर्दै मन्त्री छान्ने जिम्मा ओलीलाई दिएको हो ।

‘पार्टी अध्यक्ष आफैं प्रधानमन्त्री बन्दै हुनुहुन्छ, कस्तो टीम बनाउने भन्ने उहाँलाई नै बढी थाहा हुने भयो’, सचिव पद्‍मा अर्यालले भनिन्, ‘आफ्नो टिममा काम गर्न योग्य व्यक्तिहरु मन्त्री बन्नु हुन्छ, उहाँले नै छान्नुहुन्छ ।’

मन्त्री छान्न अध्यक्ष ओलीले अरु नेताहरुसँग सुझाव मागेका छन् । तर अहिलेसम्म नेपाली कांग्रेस सहित दलहरुसँग मन्त्रालय संख्या र मन्त्रालयहरु टुंगिएको छैन ।ekantipur

Leave a Reply

Your email address will not be published. Required fields are marked *