cURL Error: 0 माफियाको चलखेलले मेची यातायात कार्यलय सार्न खोजेको दाताको आरोप—अख्तियारमा उजुरी - पूर्व खबर

माफियाको चलखेलले मेची यातायात कार्यलय सार्न खोजेको दाताको आरोप—अख्तियारमा उजुरी

यातायात व्यवस्था कार्यालय झापालाई करोडौंको जग्गा निशुल्क उपलब्ध गराउने बिर्तामोड –३ का बद्री खड्काले कार्यालय सार्ने कुराको विरोध जनाएका छन् । उनले अर्को ठाउँमा कार्यालय सार्नुपर्ने कुनै कारण नभएको बताए ।

तत्कालिन कार्यालय प्रमुखले यातायात कार्यालयका लागि डेढ कठ्ठा जमिन माग गर्दा खड्का परिवारले २ कठ्ठा उपलब्ध गराएको थियो । अहिलेको कार्यालय निर्माणका लागि जग्गा दिने दाता खड्का भन्छन्, ‘कार्यालय सार्ने कुरा षडयन्त्रमुलक छ, साँघुरो भएर होइन । यहाँभित्र ठुलै सेटिङ भएको हुनुपर्छ ।’

०६९ मा खड्का परिवारले यातायात कार्यालयलाई जग्गा उपलब्ध गराएको थियो । जग्गा उपलब्ध गराएको दुई वर्षपछि मात्रै भवन बनाइएको थियो, उनले भने – भवन बनेपछि पनि दुई वर्षपछि सारियो । कार्यालय सार्नका लागि पनि घुस मागेका थिए । हामी घुस दिन सक्दैनौं भनेपछि बल्लतल्ल सारे ।

बिर्तामोडको कार्यालयलाई गरामनीभित्र सार्ने चलखेल थाहा पाएपछि खड्का परिवारले आपत्ति जनाइरहेको छ । उनीहरुले जग्गा धेरै दिने भन्दैमा सार्दै जाने हो भने कहाँ पुग्छ यातायात कार्यालय ? उनले प्रश्न गरे, गरामनीको जग्गाभन्दा धेरै दिने आए भने के फेरि सारिन्छ कि सारिदैन ?

जग्गादाता खड्काले यातायात कार्यालयलाई अहिले उपलब्ध गराउने जग्गाभन्दा धेरै र नजिक दिन पनि तयार रहेको बताएका छन् । उनले कार्यालय सार्दा नयाँ भवन निर्माणमा लाग्ने बजेट बराबरको जग्गा खरिद गर्नुपर्ने र बाँकी आवश्यक जग्गा स्थानीय मिलेर सहयोग गर्ने बताए ।

यातायात कार्यालय सार्ने विषयमा जग्गादाता परिवारसँग कुनै पनि परामर्श नभएको दुखेसो पोखेका छन् । उनका अनुसार सार्नका लागि टिप्पणी समेत उठाइसकिएको भन्ने सुन्नमा आएको छ । साँघुरो भएकै हो भने खुल्ला गर्नका लागि सहयोग गर्न तयार छौं, उनले भने – माफियाको चंगुलमा सरकारी कार्यालयलाई पर्न दिनु हुदैन । कार्यालय सेवाग्राहीलाई नै असहज हुने ठाउँमा पुराउन नहुने उनको तर्क छ ।

अहिले यातायात व्यवस्था कार्यालय झापाको कार्यालय पूर्व–पश्चिम राजमार्ग दक्षिण ५ सय मिटरको पेरिफेरिमा सञ्चालनमा रहेको छ ।
कार्यालयले दुई कठ्ठामा बनाएको संरचनामा काम गर्न असहज भएपछि भाडामा पनि जग्गा लिएर सेवा प्रवाह गर्दै आएको छ ।
खड्का परिवारले यातायात कार्यालय, गौरीशंकर प्रतिष्ठान, मेहरमान प्रतिष्ठान, कभर्ड हल निर्माणका लागि करिव ३ विघा जमिन निशुल्क प्रदान गरेका छन् ।ijalasbata

Leave a Reply

Your email address will not be published. Required fields are marked *