cURL Error: 0 राष्ट्रिय युवा सङ्घले अर्जुनधारामा दियो वृक्षारोपण अभियानलाई तीव्रता - पूर्व खबर

राष्ट्रिय युवा सङ्घले अर्जुनधारामा दियो वृक्षारोपण अभियानलाई तीव्रता

सुखानी सहिद स्मृति पार्क मा राष्ट्रिय युवा संघ नेपाल अर्जुनधारा ले वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ ।
अर्जुनधारा नगरपालिकामा रहेको सुखानी सहिद स्मृति पार्क मा राष्ट्रिय युवा सङ्घले‘एक युवा, पाँच विरुवा’ अभियान सुरु गरिएको हो।

विश्वमा जलवायु परिवर्तनका कारण बढ्दै गएको तापक्रम न्यूनीकरण गर्ने उद्देश्यले राष्ट्रिय युवा सङ्घ केन्द्रीय कमिटीले शुरु गरेको अभियान अन्तरगत अर्जुनधारा नगरपालिकामा समेत वृक्षारोपण भएको हो । अर्जुनधारा ०९ नम्बर वडा कमिटीको आयोजनामा आज शनिबार वृक्षारोपण गरिएको हो
। संघका वडा अध्यक्ष विपुल राई , युवा सङ्घ केन्द्रीय कमिटी को स्थायी कमिटी सदस्य रेजिना पाण्डे को प्रमुख सहभागितामा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको हो
झापाको अर्जुनधारामा वातावरणमा सुन्दरता ल्याउन, प्राकृतिक प्रकोप न्यूनीकरणसँगै हरियो वन नेपालको धन भन्ने भनाइलाई थप मजबुत बनाउन वृक्षारोपण अभियान सञ्चालन गरिएको पाण्डेको भनाइ छ । 
पाण्डेले कार्यक्रमलाई सम्बोधन गर्दै भनेकी छिन्- जनसङ्ख्या र सहरीकरणले प्रदुषण र वन विनाश भइरहेको छ”, “यसको न्यूनीकरणका लागि वृक्षारोपण गर्नैपर्छ, युवा सङ्घको केन्द्रीय कमिटीले देशव्यापी रुपमा यो अभियान शुरु गरिरहेको छ ।” हामीले यसको अभियान सुरु गरेका छौं

कार्यक्रममा जिल्ला कमिटी सचिवालय सदस्य उमेश मिश्र ले युवा सङ्घ अर्जुनधारा नगर कमिटी र मातहतका कमिटीले धेरै रचनात्मक काम गर्दै आएको र आउने दिनमा झापाभरि एक घर पाँच बिरुवाको अभियान लैजाने तयारी गरिएको बताए।

कार्यक्रममा बिशिष्ट अथिति नेकपा एमाले अर्जुनधारा नगर कमिटी अध्यक्ष बृख प्रधान ले शुभकामना मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन सचिव घरेन्द्र डाँगीले गर्नुभएको थियो । कार्यक्रममा वडा कमिटी पदाधिकारी तथा सदस्य, नेकपा एमाले पार्टी नेताकार्यकर्ता लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *