cURL Error: 0 स्काउटले गर्यो बिर्तामोडमा चित्रकला प्रतियोगिता - पूर्व खबर

स्काउटले गर्यो बिर्तामोडमा चित्रकला प्रतियोगिता

विर्तामोड नगर स्काउट को आयोजनामा नगर स्तरीय चित्रकला प्रतियोगिता सप्पन्न भएको छ । १६ वटा स्काउट दलबाट १६ छात्र १६ छात्रा गरि ३२ स्काउट सहभागी भएको कार्यक्रममा छात्रतर्फ विराट स्काउट ट्रुपका अमित राजवंशी प्रथम, एभरेस्ट स्काउट ट्रुपका न्यूसन बुढाथोकी द्वितीय, सेन्ट जेभीयर्स स्काउट ट्रुपका अनिश थापा तृतीय भए भने छात्रातर्फ सेन्ट जेभियर्सका काश्यपी वन प्रथम, न्यूटन्सका अन्वेषण ढुङ्गेल द्वितीय, एभरेस्टका प्रेरणा थापा तृतीय भएका छन् ।
कार्यक्रमको प्रमुख अतिथिमा स्थानीय स्काउट परिषद् सदस्य तथा दुर्गा स्काउट दलका अध्यक्ष वा प्रधान्याध्यापक लक्ष्मण सिवाकोटी, विषेश अतिथि परिषद् सदस्य सचीव तथा शिक्षा शाखाका अधिकृत केशर खवास, अतिथिहरु कोशी प्रदेश शैक्षिक पद्धति आयुक्त शिवानी देवान, कोशी प्रदेश परिषद सदस्य नारायण श्रेष्ठ, स्थानीय परिषद तथा कार्यकारी समितिका पदाधिकारीहरु, झापा लेखाजोखा संयोजक भुवन पौडेल, स्काउटरहरु, रोभर रेन्जर, स्काउटहरु लगायतको उपस्थिति थियो ।
कार्यक्रम संचालन स्थानीय सामुदायिक विकास आयुक्त डम्बरु बल्ल्भ ओझाले गर्नुभएको थियो भने अध्यक्षता स्थानीय प्रमुख आयुक्त निकुञ्ज शर्माले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *