आइएमई लाईफ इन्स्योरेन्सको कार्यालय घेराउ

आइएमइ लाइफ इन्सुरेन्स कम्पनीलाई स्थानीयवासीहरुले घेराउ गरेका छन्।
बिर्तामोडको हनुमान कम्प्लेक्सको चौंथो तलामा रहेको आइएमई लाईफ इन्स्योरेन्सबाट ठगिएको भन्दै कार्यालय घेराउ गरेका हुन्
बिर्तामोड १० का पदमबहादुर चौहान सहितका युवाहरू ठगिएको भन्दै विमितहरूले कार्यालय मा नाराबाजी समेत गरेका छन्। बिर्तामोड–१० का पदमबहादुर चौहनले आइएमई लाईफ इन्स्योरेन्सले ठगेको गुनासो गरेका हुन् । उनले चार बर्ष अघि एनएमसी सहकारी संस्था बिर्तामोडमा ३० लाख रुपैयाँको ऋण निकाल्न संस्थाका तत्कालीन शाखा प्रबन्धक सम्भु राई मार्फत २० बर्षे जीवन बिमा गरेका थिए ।

उनले बिमाबापत करिव ४ बर्ष लगातार किस्ता बापतको बिमा रकम तिरेपछी आर्थिक कठिनाइका कारण बिमा रकम तिर्न नसक्ने बताउंदै बन्द गर्न माग गरेका थिए । त्यस पश्चात उनले आफुले जम्मा गरेको बिमा बराबरको रकम फिर्ता मागेका थिए । रकम फिर्ता माग्दा आफु ठगिएको चौहानको भनाई छ ।

उनले हाल सम्म तीन लाख ३१ हजार रुपेंया जम्मा गरेका छन् । तर उनलाई कम्पनीले एक लाख ६१ हजार ४६२ रुपैयाँ मात्र फिर्ता गर्यो । अर्थात उनले जम्मा गरेको रकम भन्दा एक लाख ६९ हजार कम रकम खातामा हाल्यो । तइस प्रति उनी सहित करिब २०÷२५ जनाको युवा समुहले आइएमई लाईफ इन्स्योरेन्सको कार्यालय घेराउ गर्दै नाराबाजी गरेका थिए ।

पीडित पदमबहादुरसहित सहित करिब २०÷२५ जनाको समुहले इन्स्योरेन्स कम्पनीमा बिरोध गरेका थिए ।

बिरोधपछि आइएमई बिर्तामोड शाखा र पिडीत बिच छलफल भएको थियो । छलफलमा इन्स्योरेन्सका कोशी प्रदेश प्रमुख मिलन दाहाल र बिर्तामोड शाखा प्रबन्धक महेन्द्र तिम्सिनाले रकम फिर्ता बारे कम्पनीको प्रधान कार्यालयमा प्रस्ताव राख्ने, जतिसक्दो कम सेवा शुल्क लिएर फिर्ता गर्न पहल गर्ने आश्वाशन दिएका छन् । कम्पनीले चैं जोखिम दाबी बापत चौहानको सो रकम काटिएको दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array