cURL Error: 0 पावरटेक कम्प्युटरका सञ्चालक मेचे प्रहरी नियन्त्रणमा - पूर्व खबर

पावरटेक कम्प्युटरका सञ्चालक मेचे प्रहरी नियन्त्रणमा

बिर्तामोडको पावर टेकका सञ्चालक आलोक मेचे लाई प्रहरीले पक्राउ गरेको छ।

बिर्तामोड २ को एक विद्यालयका विद्यार्थी नाबालिका माथि अवद्र व्यवहार गरेको आरोपमा मेचेलाई इलाका प्रहरी कार्यालय पक्राउ गरेको हो।।
मेचेले बिर्तामोडको माविमा पढ्ने नाबालिका बालिका माथि यौन दुराचार गरेको आरोपमा पक्राउ गरिएको हो।

हाल पावरटेक कम्प्युटरका सञ्चालक मेचे सहित मेचेका कर्मचारी लाई समेत पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रनाउ प्रकाश बिष्टले जानकारी दिनुभएको छ।

नाबालिकाका परिवारले मेचे र नारायण खनाल माथि नाबालिका दुर्व्यवहार मुद्दामा मुद्दा चलाउने बताएको छ।

आइतबार बिहान इलाका प्रहरी कार्यालय बिर्तामोड परिसरमा बालिकाका स्थानीय बासीहरु र आरोपित परिवार घम्साघम्सी समेत भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *