cURL Error: 0 अखिल नेपाल महिला सङ्घ मेचीनगरको अध्यक्षमा हेमा सिटौला सर्वसम्मत - पूर्व खबर

अखिल नेपाल महिला सङ्घ मेचीनगरको अध्यक्षमा हेमा सिटौला सर्वसम्मत

अखिल नेपाल महिला संघ मेचीनगर कमिटीको अध्यक्ष पदमा हेमा सिटौला सर्वसम्मत चयन भएकी छन् ।
आज काँकरभिट्टाको मेची सामुदायिक हलमा अनेम संघ मेचीनगर कमिटीको दोस्रो नगर सम्मेलनले सिटौलालाई अध्यक्ष पदमा चयन गरेको हो । उनी यसअघि उपाध्यक्षको जिम्मेवारीमा थिइन् ।

अध्यक्ष सिटौला काँकरभिट्टा निवासी हुन् । पार्टीभित्र उनी एक असल र इमानदार कार्यकर्ताको रुपमा परिचित छिन् ।

नगर सम्मेलनले सिटौलाको अध्यक्षतामा ४५ जनाको नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्ष पदमा अनिता गुरागाई, सचिव पदमा अम्बिका मैनाली प्रसाई, सहसचिव पदमा भिमकला खरेल शिवाकोटी, कोषाध्यक्ष पदमा कविता खनाल मिजारसहित ४५ जना सदस्य चयन भएको निर्वाचन समिति संयोजक मीना पोखरेल उप्रेतीले जानकारी दिइन् ।

निवर्तमान अध्यक्ष जानुका ओलीले आफ्नो २ वर्षे कार्यकालमा गरेका राम्रा कामको सबैले प्रशंसा गरेका थिए ।

नवनिर्वाचित अध्यक्ष सिटौलाले नगरका महिलाहरुलाई अन्य दलका संघ–संगठन भन्दा बलियो र मजवुत संगठन बनाएर सबै महिलाहरुलाई समेटेर लाने बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *