cURL Error: 0 कोशी प्रदेशमा मन्त्रालय फुट्दैन’ ढुक्क हुनुहोस् —मुख्यमन्त्री कार्की - पूर्व खबर

कोशी प्रदेशमा मन्त्रालय फुट्दैन’ ढुक्क हुनुहोस् —मुख्यमन्त्री कार्की

कोशी प्रदेशमा मन्त्रालय बढाउने कुनै सहमति नभएको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले बताउनुभएको छ।
प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशमा मन्त्रालय नबढाउने बताउनुभएको हो ।
आज आइतबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले सरकार विस्तार गर्दा मन्त्रालय नबढाउने बताउनुभयो।

कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही दिन अघि मन्त्रालय नफुटाउने भनेर कुरा गरिसकेको जानकारी दिँदै प्रदेशस्तरमा पनि कांग्रेसका नेताहरुसँग पनि मन्त्रालय नफुटाउने कुराकानी भएको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘हामी मन्त्रालय बढाउँदैनौँ, अहिले भएकै मन्त्रालयमा मुख्यमन्त्रीसहित एमालेले ५ र कांग्रेसले ४ मन्त्रालय लिन्छ।’ मुख्यमन्त्री कार्कीले एक दुई दिनभित्रैमा मन्त्रिपरिषद बिस्तार हुने जानकारी दिनुभयो । काँग्रेसले नाम दिने बित्तिकै मन्त्रिपरिषद बिस्तार हुने मुख्यमन्त्री कार्कीले बताउनुभयो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *