cURL Error: 0 बिर्तामोडका कटुवालको घर कब्जा गरिएको घोषणा - पूर्व खबर

बिर्तामोडका कटुवालको घर कब्जा गरिएको घोषणा

समाजवादी मोर्चा नेपाल नामक संगठनले बिर्तामोड–१ स्थित बाल्मीकि एजुकेशन एकेडेमीको अगाडि होमनाथ चौधरीको पसल भएको सुवास कटुवालको घरमा व्यानर, झन्डा र बिज्ञप्ती राखेर कव्जाको घोषणा गरेको छ ।

बिर्तामोड–५ का सुवास कटुवालले बिर्तामोड–१ का होम चौधरीलाई बिभिन्न आश्वसन दिएर ल्याएपनि हाल मुद्दा मामिला, धाकधम्कीसहित उक्त जग्गाबाट निकाल्न दवाब दिएको भन्दै उक्त संगठनले कब्जा गरेको हो ।

कटुवालले चौधरीलाई २०५७ सालमा खेतीपाती गर्न ल्याएको र त्यस वापत स्थायी रुपमा बसोबास गराइदिने भनेर आश्वासन दिएकोमा हाल विभिन्न मुद्दा मामिला, धाकधम्कीसहित उक्त जग्गाबाट निकाल्न दवाब दिएको भन्दै वैज्ञानिक समाजवादी मोर्चा नेपालले घर कब्जा गरेको टाँस गरिएको बिज्ञप्तीमा उल्लेख छ ।

वैज्ञानिक समाजवादी मोर्चा नेपालका झापा जिल्ला संयोजक आशिष लिम्बूलगायत ५/६ जनाको समूहले प्रेस विज्ञप्ति र झन्डा टाँगेर घरजग्गा कब्जा भएको ब्यानर राखेका छन् । संगठनमा समेत पिडीतबाट लिखित निवेदनसहित पेश भएकाले सुकुम्वासीलाई न्याय दिनका लागि संगठन बाध्य भएको टाँस गरिएको बिज्ञप्तीमा छ ।

पिडीत चौधरीको देशमा बाच्ने र सामान्य जीवन निर्वाह गर्ने बिषयमा घरजग्गा दिलाउनुका लागि छलफल कुराकारी गरि आवश्यक निर्णयमा नपुगिन्जेल घरजग्गा संगठनले कब्जा गरेको समेत बिज्ञप्तीमा उल्लेख छ । ‘कोही, कसैले यसलाई बेवास्ता गरेमा यसबाट उत्पन्न हुने सबै खाले चुनौतीको सामना गर्न स्वयम् व्यक्ति जिम्मेवार हुनुपर्ने छ ।’ बिज्ञप्तीमा भनिएको छ । Onlinebata

Leave a Reply

Your email address will not be published. Required fields are marked *