cURL Error: 0 डेङ्गु रोगबाट ढकालको मृत्यु ___दुईटी छोरीको बिचल्ली - पूर्व खबर

डेङ्गु रोगबाट ढकालको मृत्यु ___दुईटी छोरीको बिचल्ली

झापा, डेङ्गु रोगबाट इलामका एक युवाको मृत्यु भएको छ।
झापाको बिर्तामोड स्थित मनमोहन अस्पतालमा उपचार गराएका इलामका ३६ वर्षीय नारायण ढकालको थप उपचार गर्ने क्रममा नबिल अस्पतालमा मृत्यु भएको हो।
डेंगू रोगको संक्रमणबाट इलाममा मङ्गलबार नारायण ढकालको मृत्यु भएको उनका भाइ नरेन्द्र ढकालले बताए। ।
उनको उपचारका क्रममा बिराटनगरस्थित नोवेल शिक्षण अस्पतालमा निधन भएको मृतकका (ठूलो बुबा) का छोरा नरेन्द्र ढकालले जानकारी दिएका हुन्।

ढकालका अनुसार मृतक नारायणलाई अत्याधिक ज्वरो आएपछि बिर्तामोडस्थित मनमोहन अस्पताल भर्ना गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नोवल शिक्षण अस्पताल पु¥याइएको थियो । तर, प्लेटलेटको संख्या ह्वात्तै घटेर उनको निधन भएको हो । श्रीमती मुना र दुई छोरी सलिना र समिक्षा ढकाल रहेका छन् ।purwanchal

Leave a Reply

Your email address will not be published. Required fields are marked *