cURL Error: 0 खेलकुद महासङ्घ झापा शाखाको अधिवेशन भदौ २९ मा हुने - पूर्व खबर

खेलकुद महासङ्घ झापा शाखाको अधिवेशन भदौ २९ मा हुने

नेपाल खेलकुद महासङ्घ झापा शाखाको अधिवेशन भदौ २९ गते हुने भएको छ।

नेकपा एमाले पार्टी कार्यालयमा भएको बैठकपछि भदौ १५ गते गर्न लागिएको अधिवेशनलाई भदौ २९ गते सारिएको आयोजक समितिका संयोजक भवानी बरालले बताए।

गत भदौ ६ गते नेकपा एमाले जिल्ला पार्टी कार्यालयमा बसेको बैठकबाट विविध कारणले दुई हप्ता पछि चाहिएको नेकोसका स्थायी कमिटी सदस्य चन्द्र प्रसाई ले पूर्व खबरलाई बताए।।

अघिल्लो हप्ता महासङ्घको झापा जिल्ला कमिटीको बैठक कन्काईको कन्काई सामुदायिक हल मा बसी भवानी बरालको संयोजकत्वमा १७ सदस्य आयोजक कमिटी बनाएको झापा इन्चार्ज रविन खरेलले जानकारी दिए।।

अधिवेशनलाई भव्य पार्नको लागि विभिन्न कमिटीहरू तयारी गरिएको छ। भने भदौ २९ मा हुने झापा जिल्लाको अधिवेशनलाई उत्साहजनक र सफल बनाउन सबै पालिकाबाट खेलाडीहरूको सहभागितालाई प्राथमिकतामा राखिएको नेपाल खेलकुद महासङ्घ कोशी प्रदेशका अध्यक्ष राजकुमार थापाले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *