cURL Error: 0 ज्ञानुराम प्रसाई स्मृर्ति प्रतिष्ठानले विर्तामोडमा गर्यो रक्तदान कार्यक्रम - पूर्व खबर

ज्ञानुराम प्रसाई स्मृर्ति प्रतिष्ठानले विर्तामोडमा गर्यो रक्तदान कार्यक्रम

ज्ञानुराम प्रसाई स्मृति प्रतिष्ठानले बिर्तामोडमा रक्तदान कार्यक्रम आयोजना गरेको छ।।

पछिल्लो समयमा झापामा रगत अभाव भइरहेको समयमा प्रतिष्ठानले रक्तदान कार्यक्रम आयोजना गरेको हो।

बिर्तामोडको हनुमान कम्प्लेक्समा मङ्गलबार एक कार्यक्रम बीच प्रतिस्थानले रक्तदान कार्यक्रम आयोजना गरेको अध्यक्ष बद्री भट्टराईले जानकारी दिनुभयो।
नेकपा एमालेका केन्द्रीय सल्लाहकार ज्ञानेन्द्र प्रकाश ओली को विषेश आतिथ्यमा कार्यक्रम आयोजना गरिएको सचिव सुब्रत न्यौपानेले बताउनुभयो।

प्रतिष्ठानले १सय पिण्ड भन्दा धेरै रगत संकलन गरी नेपाल रेडक्रस सोसाइटी झापालाई सहयोग गर्न यो कार्यक्रम आयोजना गरिएको बताएको छ।
कार्यक्रममा नेकपा एमालेका कोशी प्रदेशका सदस्यहरू कोशी प्रदेशका विभागका विभिन्न कमिटीका सदस्यहरु,झापा जिल्लाका सदस्यहरू लगायत को सहभागिता रहेको थियो। केही वर्षअघि बिर्तामोडबाट भद्रपुर जाने क्रममा सडक दुर्घटना मा ज्यान गुमाएका बिर्तामोड नगरपालिकाका मेयर पवित्र महतरा प्रसाईका श्रीमान ज्ञानराम प्रसाईको स्मृतिमा यो प्रतिष्ठान स्थापना गरिएको हो।

प्रतिष्ठानले विगतमा समेत बिर्तामोडको अदुवा खोला सरसफाई अभियान, बिर्तामोडमा विभिन्न जडिबुटीका बिरुवा वृक्षरोपण लगायतका सामाजिक कामहरू गर्दै आएको संरक्षक पवित्रा महतरा प्रसाई ले बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *