राजकुमार ओली। बिर्तामोड झापा।
बिर्तामोड नगरपालिकालाई झापाकै उत्कृष्ट पालिका बनाउने मेयर पवित्रा महरा प्रसाईले बताउनुभएको छ।
आज बुधबार बिर्तामोड नगरपालिका सवाल परिसरमा नगरपालिकाको नीति बजेट तथा कार्यक्रम को पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै बिर्तामोडलाई उत्कृष्ट नगरपालिका बनाउने बताउनुभएको हो।
नगर प्रमुख प्रसाईले आफ्नो पालिका नेपालकै सुन्दर र सफल पालिका भएको र आउने दिनमा पनि बिर्तामोडलाई उत्कृष्ट बनाउने गरी लागिपरिएको बताउनुभएको हो।
बचामोर नगरपालिकाको नीति बजेट तथा कार्यक्रमको पुस्तक लोकार्पण कार्यक्रम लाई उद्घाटन गर्दै मेयर प्रसाईले आफू हरू नागरिकको प्रिय पालिका बनाउन लागि परेको बताउनुभएको छ।
उद्योग व्यापार कृषि शिक्षा स्वास्थ्य र रोजगारमा अभिवृद्धि
बिर्तामोड नगरको विकास र सुशासन सहितको समृद्धि भन्ने नाराका साथ उक्त पुस्तक लोकार्पण गरिएको हो।
पुस्तक लोकार्पण समारोहमा बिर्तामोडका उपमेयर नगेन्द्र संग्रौला ले आफू हरू कसैका पछि नलागी विकास र समृद्धिमा अघि बढ्न लागि परेको बताउनुभएको छ।
आफूले शिक्षा स्वास्थ्य र आर्थिक विकासमा फड्को मार्ने गरी काम गरिरहेको र साना मसिना अवरोधहरूलाई समझदारीको बाटोबाट निकास खोज्दै अघि बढ्ने र बढिरहेको बताउनुभएको छ।
एक लाख ४८ हजार स्थानीय नागरिक र झण्डै डेढ लाखको हाराहारीमा अन्य पालिकाहरूबाट आएका नागरिकहरूको बसोबास रहेको विर्तामोडमा ३ लाखभन्दा धेरै नागरिकहरूको बसोबास रहेको छ।
झापाकै उत्कृष्ट मध्य एक उत्कृष्ट नगरपालिका बनेको बिर्तामोडले पछिल्लो समय भौतिक पूर्वाधार स्वास्थ्य र शिक्षामा फड्को मारिरहेको पाइएको छ।
पुस्तक लोकार्पण कार्यक्रममा बिर्तामोड नगरका प्रमुख कार्यकारी अधिकृत राधाकृष्ण खतिवडा अधिकृत मेघराज बास्तोला लगायत १० वटै वडाका वडा अध्यक्षहरू शाखा प्रमुख लगायतको सहभागिता रहेको थियो।





