cURL Error: 0 गणेश बस्नेतलाई साइबर ब्यूरोले पक्राउ गर्न खोजेको घटनाप्रति गम्भीर ध्यानाकर्षण - पूर्व खबर

गणेश बस्नेतलाई साइबर ब्यूरोले पक्राउ गर्न खोजेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

नेपाल पत्रकार महासंघले प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलाई प्रहरीको साइबर ब्यूरोले पक्राउ गर्न खोजेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आज दिउँसो काठमाडौंको हार्दिक होटलमा आयोजित एक छलफल कार्यक्रममा सहभागी रहनुभएका अध्यक्ष बस्नेतलाई प्रहरीको साइबर ब्यूरोले जबर्जस्ती पक्राउ गर्न खोजेको थियो । तर, उपस्थित अन्य पत्रकारहरूको प्रतिरोधपछि प्रहरी पक्राउ नगरी फर्किएको थियो ।

पत्रकार महासंघले एक विज्ञप्ति जारी गर्दै संप्रेषित समाचारसम्बन्धी उजुरी वा गुनासो हेर्ने अधिकार प्रेस काउन्सिल नेपालको रहेको र प्रहरीले काउन्सिलको क्षेत्राधिकारमा हस्तक्षेप गरेर पत्रकार पक्राउ गर्न खोज्नु प्रेस स्वतन्त्रतामाथिको गम्भीर आघात भएको जनाएको छ ।

‘संप्रेषित समाचारप्रति परेका उजुरी या गुनासो हेर्ने काम प्रेस काउन्सिल नेपालको हो । काउन्सिलको क्षेत्राधिकारलाई हस्तक्षेप गर्दै प्रहरीले पत्रकार पक्राउको प्रयास गरिएको यो घटनाले प्रेस स्वतन्त्रतामाथि गम्भीर आघात पुगेको छ । महासंघ प्रहरीको यो हस्तक्षेपको कडा शब्दमा निन्दा गर्दछ र प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ ।’ महासंघका महासचिव रोसन पुरीले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *