cURL Error: 0 चारपाने- अर्जुनधारा विकास समाजको अध्यक्षमा देवी संग्रौला निर्वाचित - पूर्व खबर

चारपाने- अर्जुनधारा विकास समाजको अध्यक्षमा देवी संग्रौला निर्वाचित

राजकुमार ओली चारपाने झापा
चारपाने अर्जुनधारा विकास समाजको अध्यक्षमा देवीप्रसाद संग्रौला निर्वाचित हुनुभएको छ।

शनिबार समाजको सभा हलमा आयोजित तेस्रो अधिवेशनबाट बिर्तामोडका समाजसेवी संग्रौला अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको हो।

समाजको उपाध्यक्षमा चित्रकला ओली सचिवमा भरत भट्टराई उपसचिवमा नरहरी न्यौपाने कोषाध्यक्षमा ओम प्रकाश बिमली र प्रवक्तामा तारानिधि पराजुली सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ।

त्यस्तै सदस्यहरूमा सुशील कुमार बस्नेत लक्ष्मी प्रसाई दाहाल बृहस्पति निरौला घनश्याम दाहाल इन्दिरा दाहाल राम तिम्सिना कुमारी तिम्सिना कुलप्रसाद ओली र पिङ्गला गौतम रहनुभएको छ।

२०७२ सालमा बिर्तामोडको अर्जुनधारा गाविस र चारपाने गाविस को बीचमा रहेको चारपाने बजारलाई व्यवस्थापन गर्ने गरी संस्था स्थापना गरिएको थियो। सहारा नेपाल अगुवाहरू को सहयोगमा ७२ सालमा हरिप्रसाद भण्डारी को संस्थापन अध्यक्षतामा कार्यसमिति बनाएर संस्कार र संस्कृतिको जगेर्ना गर्ने र सामाजिक रूपान्तरणमा भूमिका खेल्दै चारपाने बजारलाई व्यवस्थापन गर्दै लैजाने लक्ष्यका साथ सुरु गरिएको समाज पछिल्लो समय झापाकै स्थापित संस्था बन्दै गएको छ।
सहारा नेपाल साकोसका कार्यकारी प्रमुख महेन्द्र कुमार गिरी समेतको सल्लाहमा स्थापना गरिएको यो समाजले पछिल्लो समय आफ्नो कार्यक्षेत्रमा ८ हजार वटा विभिन्न जातका बिरुवा हरु वृक्षारोपण गरेको छ भने १५ वटा सिसी क्यामेरा जडान गरी चारपाने क्षेत्रलाई इलाका प्रहरी कार्यालय बिर्तामोडसँग जोडेर सुरक्षामा सहकार्य गरेको छ। त्यस्तै २ सय ५९ वटा सोलार बत्ती जडान गरी उज्यालो चारपाने अभियानमा सक्रिय भूमिका देखाएको छ।

चारपाने चोकमा देखिएका विभिन्न खाल्टाहरूलाई स्थानीयहरूको सहयोगमा व्यवस्थापन गर्दै बजार विस्तारमा सहयोगी भूमिका खेलेको उपसचिव संस्थापक तथा स्थानीय आदर्श माबिका प्र अ नरहरी न्यौपानेले पूर्व खबरलाई बताए।

विगतमा समाजले आफ्नो कार्यक्षेत्रभित्रका चोकचोकका बाटाहरूमा गेट निर्माण गर्ने र हरियाली चारपाने बनाउने अभियान लाई तीव्र पारिएको संस्थापक ओम प्रकाश बिमलीले जानकारी दिनुभयो।
प्रत्येक असार १५ गते धान दिवस मनाउँदै आएको समाजले सांस्कृतिक र पहिचानयुक्त देउसी भैली अभियान गर्दै आएको छ भने आफ्नो समाजभित्रका मरिमराउ र सामाजिक कार्यक्रमहरूमा महत्वपूर्ण भूमिका देखाउँदै आएको डिल्लीराम सिटौलाले जानकारी दिनुभएको छ।।

बिर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्रा महतरा प्रसाईको प्रमुख अतिथिको रूपमा आयोजना गरेको अधिवेशन मा प्रसाईले बिर्तामोडको महत्वपूर्ण एउटा खम्बा यो समाज पनि भएकोले चारपाने बजारलाई बिर्तामोड र सुरुङ्गासम्म जोड्ने गरी अभियान थाल्न सुझाव र सल्लाह दिनुभएको छ।।

विगतका वर्षहरूमा बिर्तामोड पश्चिम तर्फ विकासमा लम्किरहेको र कन्काईको सुरुङ्गा बजार पनि पूर्वतर्फ बिर्तामोडसम्म जोडिन आवश्यक देखिएकोले यो समाजका अगुवाहरूको अगुवाइमा एउटै बजार बन्न आफूले मन देखि नै चाहेको र चारपाने बजारलाई व्यवस्थापन गर्न आफूले सबै किसिमको सहयोग गर्न तयार रहेको बताउनु भएको छ ।

अधिवेशन अध्यक्ष डिआर सिटौलाको सभापतित्वमा सञ्चालन भएको थियो भने समाज रूपान्तरणमा भूमिका खेल्ने समाजसेवीहरू र दाताहरूलाई समेत सम्मान गरिएको थियो।

समाजको कार्यक्षेत्र रामचोकदेखि कन्काई नगरपालिका जोड्ने घागरा खोलासम्म तथा अर्जुनधारा नगरपालिकाको बैशाबारि देखि चैतु बारीको उत्तरी सिमानासम्म रहेको छ भने विगतको चारपाने गाविसलाई बचाउन पनि यो समाजको भूमिका महत्वपूर्ण देखिएको पाइएको छ।

नेपाल प्रहरीको उत्कृष्ट सामुदायिक प्रहरी सम्मानबाट सम्मानित भइसकेका तथा नेपाल पूर्व प्रहरी संगठन झापाका वरिष्ठ उपाध्यक्ष समेत भएर अनुभव लिइरहेका तथा सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्र का अध्यक्ष समेत रहेका स्थानीय हिमाल सागर पार्टी प्यालेस सञ्चालक समेत रहेका देवी प्रसाद संगौला लाई समाजले संस्थाको अध्यक्षको जिम्मेवारी प्रदान गरिरहँदा आफूहरुले आफ्नो समाजको नै बेग्लै पहिचान बनाउन सफल हुनेमा स्थानीयहरूको आशा पलाएको देखिएको संस्थापक हरुले बताएका छन्।

समाजमा स्थापित हरू शैक्षिक अभियन्ताहरू सामाजिक अभियन्ताहरू नरहरी न्यौपाने चित्रकला ओली भरत भट्टराई रामप्रसाद सिटौला ओम प्रकाश बिमली जस्ता परिपक्क मान्छेहरूको साथमा चारपाने अर्जुनधारा विकास समाजले जिम्मेवारी प्राप्त गरेकोले आफूहरूको संस्था झापाकै स्थापित र लोभलाग्दो संस्था बन्ने आशा पलाएको प्रवक्ता तारानिधि पराजुली ले अपेक्षा राखिएको बताउनुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *