cURL Error: 0 मेची भन्सार कार्यालयले भदौ महिनामा उठायो सवा अर्ब राजस्व - पूर्व खबर

मेची भन्सार कार्यालयले भदौ महिनामा उठायो सवा अर्ब राजस्व

मेची भन्सार कार्यालय काँकरभिट्टाले भदौ महिनामा सवा अर्ब राजश्व असुली गरेको छ ।

कार्यालयले चालू आर्थिक वर्ष २०८१/०८२ को भदौ महिनामा रू एक अर्ब २४ करोड २४ लाख ६८ लाख १८ हजार राजश्व संकलन गरेको कार्यालयका सूचना अधिकारी गणपति कँडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार कार्यालयलाई भदौ महिनामा रू एक अर्ब ४१ करोड २९ लाख २९ हजार राजवश्व संकलनको लक्ष्य दिइएको थियो । कार्यालयले लक्ष्यको ८८ दशमलव २५ प्रतिशत लक्ष्य हासिल गरेको छ ।

कार्यालयले भन्सार महसुल आयात वापत रू ५७ करोड २३ लाख १७ हजार चार सय चार, भन्सार महसुल निर्यात वापत रू एक करोड ४९ लाख ६६ हजार तीन सय, निर्यात सेवा शुल्क रू एक लाख ११ हजार नौ सय, कृषि सुधार शुल्क वापत एक करो ५९ लाख ८२ हजार सात सय ४८, पैठारी भन्सार सेवा दस्तुरवापत रू सात लाख ७६ हजार, पूर्वाधार कर रू १२ करोड ८९ लाख २० हजार, मूल्य अभिबृद्धि कर रू ४५ करोड ५२ लाख ७१ हजार आठ सय ३६ राजश्व असुली गरेको छ ।

गत साउन महिना कार्यालयले ९० दशमलव ९८ लक्ष्य हासिल गरेको थियो । अर्थात्, रू एक अर्ब २९ करोड पाँच लाख ३९ हजार लक्ष्य पाएको कार्यालयले रू एक अर्ब १७ करोड ४० लाख ९१ हजार राजश्व संकलन गरेको थियो ।

चालू आवको दुई महिनामा रू दुई अर्ब ४२ करोड नौ लाख नौ हजार राजवश्व संकलन गरेको मेची भन्सारले चालू आवमा रू १७ अर्ब ३४ करोड ४६ लाख २५ हजार राजश्व संकलनको लक्ष्य पाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *