रामचन्द्र मैनाली र दुरेन राई पक्राउ

बिएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले सञ्चालन गरेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक रामचन्द्र मैनालीसहित दुई जना पक्राउ परेका छन् ।

मैनालीसहित दुरेन राईलाई पनि पक्राउ गरिएको प्रहरी स्रोतले बताएको छ ।
प्रसाईं विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा पक्राउ परेसँगै अभियानले सोमबारदेखि झापामा यातायात बन्दको आह्वान गरेको छ ।

अभियान अन्तर्गतको नागरिक प्रतिरक्षा बलका झापा अध्यक्ष भिम तुम्बापोले हस्ताक्षर गरी विज्ञप्ति निकालेसँगै सम्भावित घटना हुन नदिन उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ‘सोधपुछका लागि पक्राउ गरेका हौँ,’ प्रहरी अधिकृतले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array