cURL Error: 0 यातायात कार्यालयबाट नक्कली डाक्टरसहित १७ जना पक्राउ - पूर्व खबर

यातायात कार्यालयबाट नक्कली डाक्टरसहित १७ जना पक्राउ

बिर्तामोड झापा
यातायात कार्यालय परिसरबाट नक्कली डाक्टर सहित १७ जना पक्राउ परेका छन्। इटहरीस्थित यातायात कार्यालय परिसरमा बिचौलियाको काम गरेको आरोपमा १७ जना पक्राउ परेका हुन
। बुधबार प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

यातायात कार्यालयमा सवारी चालक अनुमति पत्र र सवारी साधन नामसारीका लागि आउने सेवाग्राहीसँग मोटो रकम असुल गर्दै आएको गुनासो आएपछि प्रहरी परिचालन गरी उनीहरूलाई नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिएका छन् ।

उनले जिल्ला प्रहरी कार्यालय र इटहरी इलाका प्रहरी कार्यालयको टोली परिचालन गरी एकजना नक्कली डाक्टरसहित १७ जना बिचौलिया नियन्त्रणमा लिएको बताए। नियन्त्रणमा लिएका १७ जनालाई इलाका प्रहरी कार्यालयमा राखेर प्रहरीले कानुनी कारवाहीको प्रक्रिया अगाडि बढाएको छ।aanapurdapostbata

Leave a Reply

Your email address will not be published. Required fields are marked *