cURL Error: 0 बिर्तामोडमा साहित्य चौतारीको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न - पूर्व खबर

बिर्तामोडमा साहित्य चौतारीको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

साहित्य चौतारी बिर्तामोड झापा नेपालको आयोजनामा संस्थाहरूको गरीमा बिषयक अन्तरक्रियासहित दिवंगत पितृ परमेश्‍वरहरू प्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण तथा दशै, तिहार, नेपाल सम्वत, छठ लगायत निकटका पर्वहरूको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठको अध्यक्षता तथा संस्थाका पूर्व सल्लाहकार बरिष्ठ अधिवक्ता लीला उदासीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रम संयोजक तथा उपाध्यक्ष हिम्मत नेम्वाङले स्वागत तथा औचित्यमाथि प्रकाश पारेका थिए ।

संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठले साहित्य चौतारीले गरेको गतिविधिको बारेमा धारणा राख्दै संस्थाले रजत बर्ष पूरा गरी सुवर्ण वर्षलक्षित कार्यक्रम गरिरहेको जनाए।

उनले संस्थाले सुवर्ण वर्षलक्षित कार्यक्रम गर्नका लागी राखेको प्रस्ताव कार्यक्रमका सहभागी प्राज्ञिक तथा बौद्धिक व्यक्तित्वहरूले समर्थन गर्दै सहयोग गर्ने प्रतिबद्धता जनाएकोमा खुशी व्यक्त गरे ।

कार्यक्रममा संस्थाका सल्लाहकार संयोजक राजेन्द्र संग्रौलाले सामाजिक सञ्जालमा आएका बिषयबारे प्रस्ट्याएका थिए । कार्यक्रममा संस्थाका मानर्थ सल्लाहकार लोकनाथ पौडेलले सामाजिक सञ्जालमा संस्थालक्षित बिषय लेखिनु दुःखद् भएको बताए।

कार्यक्रममा निवर्तमान अध्यक्ष हस्त परियार, प्रलेस झापाका पूर्व अध्यक्ष कमलप्रसाद गुरागाई , प्रलेस झापाका अध्यक्ष लिलाप्रसाद अधिकारी, साहित्यकार जय भण्डारी, भारतका सम्मानित स्रष्टा मुक्ति बराल उपाध्याय, मानर्थ सल्लाहकार र भारत सल्लाहकार संयोजक जीवन अधिकारी,सम्मानित स्रष्टा युवराज काफ्ले, भारततर्फका संयोजक डिएल प्रधान, सल्लाहकार हरिनारायण भट्टराईलगायतका स्रष्टाले साहित्य चौतारीले गरेको कार्यक्रमको प्रशंसा गर्दै सामाजिक सञ्जालमा संस्थालक्षित लेखिएको विषयप्रति खेद व्यक्त गरेका थिए।

कार्यक्रममा अध्यक्ष देवीभक्त श्रेष्ठले संस्थाबाट सम्मानित तथा अभिनन्दित भारतीय नेपालीभाषी तथा नेपालका संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु, नेपालबाट संस्थागत तथा व्यक्तिगतरुपमा सहभागी सर्जकहरु, पत्रकारहरु, आर्ट स्टुडियो महिला नौमती बाजा समूहका कलाकारहरु, अनुपमा ट्राभल्सका प्राविधिक कर्मचारी, हिकोला हेरिटेजका कर्मचारी लगायत सम्पूर्णलाई बिजया दशमी, शुभ दीपावली, छठ पर्व, नेपाल सम्वत लगायत निकटका पर्वहरुको शुभकामना दिएका थिए।

कार्यक्रममा संस्थासंग आबद्ध दिवंगत पितृ परमेश्‍वरहरू प्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै पितृ परमेश्‍वरहरू को आशीर्वाद ग्रहण गरिएको थियो । झापा जिल्ला र भारतका प्राज्ञिक तथा बौद्धिक व्यक्तित्व वा साहित्यिक संस्थाको सहभागितामा संस्थाको गरिमा विषयमा छलफल तथा अन्तरक्रियाले संस्थाको गरिमा कायम गर्न संस्थाप्रति गरिने नकारात्मक टिप्पणीलाई निरूत्साहित गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

कार्यक्रममा संस्थाकी संरक्षक तथा बरिष्ठ उपाध्यक्ष उर्मिला बिमली श्रेष्ठ, संस्थाका कोषाध्यक्ष भवानी गौतम, सह कोषाध्यक्ष कृष्णकुमार श्रेष्ठ, सदस्यहरु एनवी दाहाल नविन , चित्रा पौड्याल, मनीषा भट्टराई, जमुना खरेल, सल्लाहकार अनिरूद्र ओली, साहित्यकार मिलन संग्रौला, गंगा सेढाई , प्रेस सल्लाहकार भरत प्रसाई , पत्रकार उद्दव पुरी, देव बॉस्कोटालगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रममा आगामी असोज १६ गते बुधवार संस्थासंग आबद्ध दिवंगत सर्जकहरू प्रति सामूहिक श्रद्धाञ्जलि अर्पण गर्दै उनीहरूको सिर्जना प्रस्तुत गरी उनीहरुमध्ये पॉच जना दिवंगत सर्जकहरूका धर्मपत्नीलाई सम्मान गरिने र गत बालदिवसका बिजेता बालप्रतिभाहरूलाई पुरस्कार वितरण कार्यक्रम राखिएकाले उपस्थित हुन सबैलाई अध्यक्ष देवीभक्त श्रेष्ठले आग्रह समेत गरेका छन् ।

संस्थाका सह संरक्षक तथा महासचिव गौरव श्रेष्ठले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव तुलसीप्रसाद निरौलाले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *