cURL Error: 0 मानव जीवन मुटु रोगका कारणले कष्टकर बन्दै - पूर्व खबर

मानव जीवन मुटु रोगका कारणले कष्टकर बन्दै

झापाका विभिन्न ठाउँमा विश्व मुटु दिवस आयोजना गरिएको छ।
आज आइतबार झापामा विश्व मुटु दिवस विविध कार्यक्रम गरी मनाइएको हो । हरेक वर्ष सेप्टेम्बर २९ तारिखका दिन विश्व मुटु दिवस मनाउने गरिन्छ ।

यस वर्ष ‘काम गरौं, मुटु बचाऔँ’ भन्ने नाराका साथ झापा सहित देशैभर विश्व मुटु दिवस मनाइएको हो । झापाको बिर्तामोडमा बिएण्डसी अस्पताल, नेपाल हार्ट फाउण्डेशन झापा, रोटरी क्लब अफ बिर्तामोड, सुरुङगा, मेचिनगर सहित अन्य संघ संस्थाको सहकार्यमा बृहत कार्यक्रम गरिएको नेपाल हार्ट फाउण्डेशन झापाका अध्यक्ष सन्तोष अग्रवालले जानकारी दिनुभएको छ
। बिर्तामोडमा बिभिन्न जनचेतना मुलक नारा लेखिएका प्ले कार्ड सहित प्रभात ¥याली, साइकिलिङ, जुम्बा सहित जनचेतना मुलक कार्यक्रम गरिएको बिएण्डसी अस्पतालका मुटु रोग बिशेषज्ञ डा. केशबराज न्यौपानेले जानकारी दिनुभयो।
दिवसको अवसर पारी ।साईकल र्यालीको संयोजन प्याक एण्ड प्याडलले गर्नुभएको छ
। साईकल चलाउनाले मुटु लगायत पूर्ण शरीरलाई फाइदा पुग्ने कुरा प्याक एण्ड प्याडलका संस्थापक आकाश श्रेष्ठले जानकारी दिए ।

स्वस्थ जीवनशैली र खानपान नअपनाउने हो भने मुटुजन्य समस्या आउँन सक्ने सञ्जीवनी हाट अस्पतालका सिनियर मुटु रोग बिशेषज्ञ डा. cp यादव बताउनुहुन्छ
। डाक्टर यादवले धूम्रपान, जाँडरक्सी खाने, खानामा गुलियो र चिल्लो अधिक प्रयोगले मुटुमा समस्या पार्ने भन्दै त्यस्ता कुराबाट टाढा रहन सबैलाई सल्लाह सुझाब दिनुभएको छ। ‘मुटु रोग बढ्दै जानुको मुख्य कारण मानिसहरुको जीवनशैली अस्वस्थकर हुनु हो, डा. यादब भन्नुहुन्छ आजका मानिसहरुको जीवनशैली अस्वस्थकर भएको छ । ’
बाइट

एकातिर खानामा अत्याधिक चिल्लो, गुलियो र नुनको मात्रा बढीे छ, हरियो सागपात, फलपूmल आदि कम छ, चुरोट, सुर्तीको सेवन बढी छ, रक्सी पिउने बानी धेरेैेको छ भने अर्कोतिर व्यायाम गर्ने बानीमा कमि आएको छ, मानसिक तनाव अत्याधिक बढेको डा. यादब बताउंछन् । तसर्थ उनी अस्वस्थकर जीवनशैलीलाई स्वस्थकर बनाउने तर्फ कदम चाल्नु नै मुटुरोगबाट बच्ने सबै सबैभन्दा सरल र उत्तम उपाय भएको विज्ञको सुझाव छ।

कार्यक्रममा नेपाल हार्ट फाउण्डेशन झापाका अध्यक्ष सन्तोष अग्रवाल, निवर्तमान अध्यक्ष कुमारमणी पोखरेल सहित अन्य पदाधिकारीहरु, रोटरी क्लब अफ बिर्तामोडका अध्यक्ष राजेन्द्र अग्रवाल सहित पदाधिकारीहरु, रोटरी क्लव अफ सुरुङगा अध्यक्ष लुबराज उप्रेती, क्लवका प्रेसिडेन्ट इलेक्ट डिल्लीराम मैनाली र सदस्य कमल कट्टेल, रोट्रयाक्ट क्लव अफ सुरुङ्गाका अध्यक्ष प्रतापबाबु जमरकट्टेल सहित शसस्त्र प्रहरी बलका एसएसपी राजेश उप्रेती लगायतको उपस्थिति रहेको थियो । साथै आज बिएण्डसीमा मुटु दिवसको अवसरमा निशुल्क मुटुको ओपीडि रहेको अस्पतालका डा. यादबले जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *