cURL Error: 0 एनएमसीको ज्येष्ठ नागरिक सम्मान कार्यक्रम—१ हजार ८६ जना ज्येष्ठ सदस्यलाई नगदसहित सम्मान - पूर्व खबर

एनएमसीको ज्येष्ठ नागरिक सम्मान कार्यक्रम—१ हजार ८६ जना ज्येष्ठ सदस्यलाई नगदसहित सम्मान

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)ले आफ्ना १ हजार ८६ जना ज्येष्ठ शेयर सदस्यलाई आज नगदसहित सम्मान गरेको छ ।

अक्टोबर १ तारिकका दिन पर्ने अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको दिन एनएमसीका वित्तीय कारोबार गर्ने ४० वटा सेवा केन्द्रमार्फत उनीहरुलाई सम्मान गरिएको हो ।

एनएमसी ज्येष्ठ नागरिक सरोकार उपसमितिको आयोजनामा सेवा केन्द्रगत उपसमितिको संयोजनमा जनही नगद ५ हजार रुपैयाँसहित मिष्ठान्न भोजन गराएर ज्येष्ठ नागरिक सम्मान कार्यक्रम गरिएको हो ।

एनएमसीले तर्जुमा गरेको ज्येष्ठ नागरिक सम्मान कार्यविधि अनुसार संस्थामा न्यूनतम ५ हजार रुपैयाँ सेयर मौज्दात रहेका, ५ वर्षभन्दा पहिलेदेखि सदस्य रहेका र ७० वर्ष उमेर पार गरेका नागरिकहरुलाई एकपटक सम्मान गर्ने उल्लेख छ ।

यो वर्ष ज्येष्ठ नागरिक सम्मान कार्यक्रममार्फत् आफ्ना १ हजार ८६ जना ज्येष्ठ सदस्यलाई एनएमसीले ५४ लाख ३० हजार रुपैयाँ वितरण गरेको उपसमितिका सदस्य सचिव अरुणकुमार प्रधानले जानकारी दिए ।

एनएमसीका सम्बन्धित वित्तीय सेवा केन्द्र उपसमिति संयोजकहरुको अध्यक्षतामा आयोजित ज्येष्ठ नागरिक सम्मान कार्यक्रमको सञ्चालन सेवा केन्द्र प्रमुखहरुले गरेका थिए ।

सोही कार्यक्रम अन्तरगत बिर्तामोड सेवा केन्द्रले २८ जना ज्येष्ठ सदस्यलाई कार्यालयको बैठक कक्षमा निम्त्याएर सम्मान गरेको छ ।

संस्थाका सञ्चालक समिति सदस्य हरिप्रसाद आचार्य, लेखा सुपरीवेक्षण समितिका संयोजक रचना दाहाल, जिल्ला समन्वय समिति झापाका उपप्रमुख शान्ता रोक्कासहित संस्थाका विभिन्न विभागीय जिम्मेवारी रहेका संयोजक सदस्यहरुको उपस्थितिमा सो कार्यक्रम गरिएको हो ।

सो कार्यक्रममा संस्थालाई नजिकबाट चिन्न र यसका सबै व्यवसायलाई चिनाउन मद्धत पुग्ने गरी तयार गरिएको अडियो भिज्युअल प्रस्तुत गरिएको थियो ।

ज्येष्ठ नागरिकको सम्मान ग्रहण पछि मन्तब्य राख्दै शिक्षा तथा तालिम उपसमितिका संयोजक तथा संस्थाका पूर्व सञ्चालक डम्बरबहादुर बस्नेतले देउताका रुपमा ढुंगाको मूर्ति वा कागजको वा सिंगमरमरको मूर्ति पूजा गर्नुभन्दा माता पिता र ज्येष्ठ नागरिकको सम्मान गरेमा सच्चा आशीर्वाद पाइने बताए ।

बिर्तामोड कार्यालयगत उपसमितिका संयोजक पर्शुराम मगरको अध्यक्षतामा आयोजित सम्मान कार्यक्रमको सञ्चालन सेवाकेन्द्र प्रमुख धर्मेन्द्र सुवेदीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *