cURL Error: 0 कुहिएको मासु भेटिएपछि पलेटी दोहोरी साँझ सिल - पूर्व खबर

कुहिएको मासु भेटिएपछि पलेटी दोहोरी साँझ सिल

पलेटी रेष्टुरेन्ट एण्ड दोहोरी साँझमा अखाद्य चिज भेटिएपछि होटल सिल गरेको छ ।

नगर उपप्रमुख तथा अनुगमन समिति संयोजक रेगिना भट्टराईको नेतृत्वमा इलाका प्र्रशासन कार्यालय दमकका प्रमुख झरेन्द्रप्रसद चापागाईं, ईलाका प्रहरी कार्यालय, उद्योग बाणिज्य संघसहितको टोलीले आइतवार गरेको अनुगमनका क्रममा उक्त दोहोरी साँझमा फ्रिजमा राखेको मासु कुहिएको, भान्साकोठा फोहोर रहेको, खानेकुरामा अखाद्य रंग मिसाएको, मानव स्वास्थ्यलाई असर गर्ने चुक अमिलोको प्रयोग गरेको पाइएको थियो । कुहिएको मासुसहितका अखाद्य चिज पाइएपछि नगर उपप्रमुख भट्टराईको निर्देशनमा दोहोरी साँझमा सिल गरिएको हो ।

मानव स्वास्थ्यलाई असर गर्ने गरी होटल सञ्चालन गरेको पाइएकोले होटललाई तत्काल सिल गरी सञ्चालकलाई नगरपालिकामा सम्पर्क गर्न निर्देशन दिइएको उपप्रमुख भट्टराईले बताइन् । अब होटललाई जरिवाना तिराएर सञ्चालन गर्न दिने कि पुरै बन्द गराउने भन्ने नगरपालिकाबाट निर्णय हुने उनले बताइन् । त्यसैगरी अनुगमन टोलीले दमक– ५ मा रहेका होटल स्वर्गलोक, थकाली किचन र होटल कामक्षाको समेत अनुगमन गरेको छ ।

होटल स्वर्गलोकमा अखाद्य रंग मिसावट गर्ने गरेको पाइएकोले पहिलो पटक चेतावनी दिइएको थियो भने थकाली किचन र होटल कामक्षा मापदण्डअनुसार नै सञ्चालन गरेको पाइएको अनुगमनमा खटिएका ईलाका प्रशासन कार्यालय दमकका प्रमुख चापागाईंले जानकारी दिए ।onlinebata

Leave a Reply

Your email address will not be published. Required fields are marked *