cURL Error: 0 उपभोक्ता जागरण अभियानको विर्तामोडमा अनुगमन तिव्र बन्दै - पूर्व खबर

उपभोक्ता जागरण अभियानको विर्तामोडमा अनुगमन तिव्र बन्दै

रविन खरेल विर्तामोड
उपभोक्ता जागरण अभियान विर्तामोडले अनुगमनलाइ तिव्र पारेकोछ ,आज सोमवार अभियानले विर्तामोडको चोकमा रहेको कलकत्ता मिष्टांगं भण्डारमा अनुगमन गरेको हो ।

अभियानले भण्डारको भान्सा कोठा,होटलको सरसफाइ तथा फोहर व्यावस्थापनलाइ ध्यान दिदै अनुगमन गरिएको विर्तामोडका उपाध्यक्ष राजकुमार अ‍ोलीले जानकारी दिए ।

अनुगमनमा विर्तामोड उद्दोग बाणिज्य सघंका महासचिव कुशल खतिवडा अभियानका झापा सचिव विशाल थापा लगाएत रहनुुभएको थियो ।

गत हप्ता समेत अभियानले विर्तामोड क्षेत्रका पम्प,डिर्पाटमेन्ट स्टोर,किराना पसल,तथा सहकारीहरुमा अनुगमन गरि भेटिएका अखाद्द बस्तुहरुको नष्ट गरिएको विर्तामोड नगरपालिकाका उपप्रमुख तथा अनुगमन समितीको सयोंजक नगेन्द्र सग्रौलाले पुर्वखवरलाइ बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *