cURL Error: 0 प्रमुख अथिती ओलीको निधन पछि साहित्य चौतारीको सडक देउसी कार्यक्रम स्थगित - पूर्व खबर

प्रमुख अथिती ओलीको निधन पछि साहित्य चौतारीको सडक देउसी कार्यक्रम स्थगित

साहित्य चौतारी बिर्तामोड झापा नेपालले कात्तिक १७ गते शनिवार गोबर्धन पूजाको दिन आयोजना गरिएको २५ औं दक्षिणारहित सामुहिक सडक देउसी कार्यक्रम स्थगित गरेको छ ।

संस्थाका संस्थापक सल्लाहकार, दीर्घ साधना सम्मानद्वारा अभिनन्दित, २०८० सालको दक्षिणारहित सामुहिक सडक देउसी कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अग्रज साहित्यकार तथा शिक्षासेवी सरोज ओलीको उपचारको क्रममा कात्तिक १६ गते शुक्रबार अपरान्ह ३ः५७ बजे बीएण्डसी अस्पतालमा निधन भएकोले २५ औं दक्षिणारहित सामुहिक सडक देउसीलगायतका पूर्व निर्धारित सम्पूर्ण कार्यक्रम रद्द गरिएको संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठले बताए।

संस्था स्थापना भएदेखी नै सल्लाहकारको रूपमा रहेर मार्गदर्शन गरिरहेका ओलीलाई उपचारको क्रममा समेत स्वास्थ्यलाभको कामना गरेको र ओलीको स्वास्थ्य अवस्था बारे बुझ्ने काम गरिरहेको बताउँदै अध्यक्ष श्रेष्ठले ओलीको निधनले संस्थालाई अपुरणीय क्षति भएको जनाए। उनले ओलीको निधनले आफूलगायत संस्था परिवार अत्यन्त मर्माहत भएको बताउँदै ओलीको आत्माको चिर शान्तिको कामनासहित शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन् ।

उनले कार्यक्रममा निमन्त्रणा गरिएका प्रमुख अतिथिलगायत सम्पूर्ण अतिथिहरूलाई यस दुःखद क्षणलाई बुझिदिन अनुरोध गर्दै यसबाट पर्न जाने असुविधाप्रति क्षमा याचना गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *