राजकुमार ओली इलाम
नेकपा एमाले इलामको अधिवेशनले इलाम बजार तातेको छ।
आज बिहिबारबाट इलाम बजारमा हुन लागेको नेकपा एमालेको एघारौँ जिल्ला अधिवेशनले इलाम बजार मा बजार तातेको हो।नेकपा (एमाले) इलामको ११औं जिल्ला अधिवेशन आजदेखि सुरु हुने भएपछि त्रिपक्ष रुपमा अध्यक्ष पद हात पार्न भिडन्तको सम्भावना देखिएको छ।
इलाम नगरपालिकाको गौतम बुद्ध सभाहलमा दुई दिनसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ।
अधिवेशनले जिल्ला कमिटी अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उपसचिव गरी पाँच पदाधिकारीसहित १०५ सदस्सीय जिल्ला कमिटी निर्वाचित गर्ने एमाले इलामले जनाएको छ ।
अधिवेशनका लागि इलामका सबै १० वटै स्थानीय तह, इलाका कमिटी र जनवर्गीय संगठनबाट ५ सय ८३ जना प्रतिनिधि छनोट भएका छन् ।
जिल्लाको नयाँ नेतृत्वका लागि गणेश बराल, नरेन्द्रनाथ भट्टराई र डा. देवी क्षेत्री दुलाललगायतका नेताहरु आंकाक्षी छन् । उपाध्यक्ष पदमा पूर्व सभामुखका सोकीय सचिव बुद्धि भट्टराई तथा युवा नेता उदय राईको चर्चा छ भने सचिव पदमा उपसचिव भएर काम गरेका रविन्द्र सुवेदी र अधिकार वादी प्रकाश अधिकारीको नाम चर्चामा छ।
लामो समयदेखि इलाम बजारमा स्थापित भएर काम गरेका पूर्व मेयर समेत रहेका माननीय महेश बस्नेतको भूमिका यो अधिवेशनमा महत्वपूर्ण देखिएको छ।
पूर्व प्रधानमन्त्री झलनाथ खनाल समेतको गृह जिल्ला रहेको इलाममा खनाल एमालेमा रहँदा समेत नेपालकै चर्चामा थियो। इलाम जिल्ला
पछिल्लो समय खनाल ले नेकपा एमाले छाडेर समाजवादीमा पाइला हालेपछि र सुवास नेम्माङको आकस्मिक मृत्युपछि अहिले इलाममा मध्यम पुस्ताका नेता हरु चर्चामा छन्।
नेताहरू राम राना महेश बस्नेत गणेश बराल नरेन्द्र भट्टराई डाक्टर देवी दुलाल हरुसँगै नयाँ अनुहारहरु इलामको नेतृत्व लिन आतुर छन्।
उपसचिव भएर काम गरेका रविन्द्र सुवेदी देखि प्रकाश अधिकारी बुद्धि भट्टराई उदय राई तथा जिसस का अध्यक्ष भएर काम गरेका गणेश बराल सम्मको चाहना खनाल र नेम्वाङको स्थापित कदमलाई पछ्याउँदै अघि बढ्न चाहेको देखिन्छ।।
तर नेकपा एमाले इलामको एघारौँ जिल्ला अधिवेशनसम्म आइपुग्दा सर्वसम्मतिय पहल सुरु गरिए पनि अग्र भूमिकामा गणेश बराल र नरेन्द्र भट्टराईको चर्चा उच्च स्थानमा छ।
दुवै नेता हरू इलामको अध्यक्ष भएर संघीय सांसदको बाटो खुला गर्न चाहन्छन्। भने अहिले भएका माननीयहरू महेश बस्नेत राम राना लगायतको अनुहारले आफ्ना आफ्ना लविङका अनुहारलाई अघि सार्न खोजेको देखिएको छ।
तर अधिवेशनमा लबिङ तीव्र पारेका गणेश बराल र नरेन्द्र भट्टराई मध्ये उनीहरूको टिममा को को पर्ने हुन् ती अनुहारहरुले पालिका पालिका तहबाट आउने प्रतिनिधिहरु मा प्रभाव पार्ने देखिएको छ भने उपाध्यक्षमा देखिएका वृद्धि भट्टराई र उदय राई तथा सचिव पदमा लविङ तीव्र पारेका रविन्द्र सुवेदी र प्रकाश अधिकारी बीचको प्रतिस्पर्धा निकै रोमाञ्चक हुने देखिएको छ।
पूर्व सभामुख सुभाष नेम्बाङ को आकस्मिक मृत्यु नभएको भए सायद सुभाष नेम्बाङकै अगुवाइमा सहमतीय बाटो को सम्भावना बलियो देखिन्थ्यो। भन्ने गाउँँगाउँबाट आएका प्रतिनिधिहरूको आवाज सुनिएको छ तर पछिल्लो समय इलाम जिल्लामा नेतृत्व हात पार्ने विषयमा गरिएका लबिङहरू हेर्दा दुवै पक्षहरू पछाडि फर्किने सम्भावना कम हुँदै गएको पाइएको छ
तसर्थ आजबाट सुरु हुने उद्घाटन सत्र र बेलुकाबाट हुने बन्दसत्र साँच्चै रोमाञ्चक हुने देखिएको छ।





