cURL Error: 0 भद्रपुरमा दुई करोड लागतमा नेपाल जेसीजको ५३औँ राष्ट्रिय महाधिवेशन हुँदै_पत्रकार महासंघलाई दुई टनको एसी पोखरेल परिवारवाट सहयोग गर्ने घोषणा - पूर्व खबर

भद्रपुरमा दुई करोड लागतमा नेपाल जेसीजको ५३औँ राष्ट्रिय महाधिवेशन हुँदै_पत्रकार महासंघलाई दुई टनको एसी पोखरेल परिवारवाट सहयोग गर्ने घोषणा

राजकुमार ओली भद्रपुर, साउन १३
नेपाल जेसीजको ५३औँ राष्ट्रिय महाधिवेशन तथा साधारणसभा आगामी पुस ८ गते १० गतेसम्म झापाको भद्रपुरमा आयोजना हुने भएको छ। नेपाल जेसीज भद्रपुरले बुधबार पत्रकार तथा सरोकारवालालाई जानकारी गराउँदै करिब दुई करोड रुपैयाँ लागतमा महाधिवेशन सम्पन्न गरिने जनाएको हो।
महाधिवेशनमा देशभरका करिब २सय शाखाबाट १ हजार ६ सय भन्दा बढी प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुने अपेक्षा गरिएको छ। कार्यक्रमका क्रममा राष्ट्रिय अध्यक्षसहित नयाँ नेतृत्व चयनका साथै विभिन्न नीतिगत विषयमा छलफल, प्रतिवेदन प्रस्तुति तथा संगठनात्मक निर्णय गरिने जनाइएको छ।
महाधिवेशन अवधिभर भद्रपुरका होटल तथा आवास केन्द्रहरूमा पाहुनाको व्यवस्थापन गरिनेछ भने उद्घाटन, बन्दसत्र, प्रशिक्षण, सम्मान तथा सांस्कृतिक कार्यक्रमसमेत सञ्चालन हुने आयोजकले जनाएको छ। साथै स्थानीय पर्यटन, कला, संस्कृति र आर्थिक गतिविधिको प्रवर्द्धनमा समेत महाधिवेशनले टेवा पुग्ने विश्वास गरिएको छ।
महाधिवेशन सफल बनाउन विभिन्न उपसमिति गठन गरी तयारी तीव्र पारिएको छ। आयोजकका अनुसार कार्यक्रमका लागि आर्थिक स्रोत दर्ता शुल्क, प्रायोजन, विज्ञापन तथा विभिन्न सहयोगबाट जुटाइनेछ।
महाधिवेशन प्रचार–प्रसार समितिका संयोजक अभिषेक ढुङ्गाले महाधिवेशन नेपाल जेसीजको इतिहासकै भव्य र व्यवस्थित कार्यक्रमका रूपमा सम्पन्न गर्ने लक्ष्यका साथ तयारी भइरहेको बताउनुभयो। उहाँले महाधिवेशनले भद्रपुरको पर्यटन, होटल व्यवसाय, व्यापार तथा स्थानीय अर्थतन्त्रलाई उल्लेखनीय चलायमान बनाउने विश्वास व्यक्त गर्नुभयो।
आयोजकले महाधिवेशन सफल बनाउन सरकारी निकाय, निजी क्षेत्र, सञ्चारमाध्यम तथा स्थानीयवासीसँग आवश्यक सहयोग र सहभागिताको आग्रह गरेको छ।

कार्यक्रमका डाइरेक्टर , महाधिवेशन निर्देशक केसि बसन्त पोखरेल ले झापाको कार्यक्रमलाई भव्य र उत्कृष्ट बनाउन सबैको साथ र सहयोगको अपेक्षा राखेको बताउनुभयो।

कार्यक्रममा भद्रपुर नगरपालिका नगर प्रमुख गणेश पोख्रेल, युवा अभियानकर्मी दीपक पोखरल, उपप्रमुख राधा कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रममा अभियन्ता दीपक पोखरेलले नेपाल पत्रकार महासंघ झापा शाखाको भद्रपुर सभाहललाई चार टनको एसी सहयोग गर्ने घोषणा गर्नुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *