-
राजकुमार ओली
बिर्तामोड, साउन २० — झापाको बिर्तामोडमा त्रिशक्ति ग्यास उद्योगको सिल गरिएको एलपी ग्यास सिलिन्डर खाली अवस्थामा फेला परेको घटनापछि ग्यासको आपूर्ति प्रणालीमाथि प्रश्न उठेको छ। होटल व्यवसायीले उद्योगमाथि कालाबजारी र उपभोक्ता ठगीको आरोप लगाएका छन् भने उद्योगले आफ्नो तर्फबाट कुनै कमजोरी नभएको दाबी गर्दै आरोप अस्वीकार गरेको छ।
बिर्तामोडका होटल व्यवसायी दिलिप सिलवालले उद्योगबाट खरिद गरेको सिल गरिएको नयाँ ग्यास सिलिन्डर जडान गर्न खोज्दा ग्यास नभएको र निकै हल्का भएको जाँच गर्दा सिलिन्डर पूर्ण रूपमा खाली रहेको बताए। आफूहरूले ग्याँसमा समस्या भएपछि तौल गर्दा समेत १४ किलो मात्रै ग्यास को भाँडो देखिएको हुँदा ग्यास खाली भएको दाबी गरेका छन्उ नका अनुसार सिलिन्डरको सुरक्षा सिल यथावत् रहेकाले नयाँ र प्रयोग नगरिएको सिलिन्डर प्राप्त गरेको विश्वास गरेका थिए।
घटनापछि सिलवालले सम्बन्धित उद्योग र नियामक निकायसँग निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरेका छन्। स्थानीय उपभोक्ताले पनि सिल गरिएको सिलिन्डर नै खाली भेटिनु गम्भीर विषय भएको भन्दै ग्यासको आपूर्ति, भण्डारण र वितरण प्रक्रियाको प्रभावकारी अनुगमन गर्न आग्रह गरेका छन्।
यता त्रिशक्ति ग्यास उद्योगका सञ्चालक आदित्य पराजुलीले भने उद्योगबाट कुनै कमजोरी नभएको दाबी गरेका छन्। उनका अनुसार उद्योगले गत असार २९ गतेदेखि सिलिन्डरमा पहिलो सुरक्षा सिल (सेफ्टी सिल) प्रयोग गर्न थालेको छ र ग्यास भर्ने तथा उद्योगबाट बाहिर पठाउने प्रत्येक चरणमा तौल परीक्षण (वेट चेक) नियमित रूपमा गरिन्छ। यदि सिलिन्डरमा ग्यास अभाव देखिएको हो भने त्यो उद्योगबाट बाहिरिएपछि अन्यत्र भएको कारण हुन सक्ने उनको भनाइ छ।
घटनाबारे सम्बन्धित निकायले अनुसन्धान सुरु गरेको छ भने वास्तविकता छानबिनपछि मात्रै स्पष्ट हुने अपेक्षा गरिएको छ।
विवाद चर्किएपछि इलाका प्रहरी कार्यालय अनारमुनिको विरता बजार प्रहरी चौकीबाट प्रहरीको टोली, उपभोक्ता जागरण अभियान बिर्तामोडका उपाध्यक्ष राजकुमार ओली समेतको टोलि, बिर्तामोड नगरपालिका वार्ड नं ३ का जनप्रतिनिधि हरि बास्कोटा सहितको टिम ले विवाद मिलाउन र समस्या समाधानको लागि पहल गरेका थिए।।
विवाद देखिएपछि उक्त कम्पनीको सिलिन्डरलाई निकायको माझमा लगि छानबिन गर्नुपर्ने स्थानीयवासीको माग रहेको छ।



