cURL Error: 0 केपी ओलीले सोलार प्रोजेक्टको उद्घाटन गर्दै …ओली आजै काठमाडौं फर्किने - पूर्व खबर

केपी ओलीले सोलार प्रोजेक्टको उद्घाटन गर्दै …ओली आजै काठमाडौं फर्किने

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको सबै भन्दा ठूलो सोलार प्रोजेक्टको आज उद्घाटन गर्दैहुनुहुन्छ ।
झापाको शिवसत्ताक्षी नगरपालिका रहेको सो परियोजना उद्घाटन गर्न अध्यक्ष ओली आज साढे १० बजे झापा जाँदै हुनुहुन्छ ।

नेकपा एमालेको तर्फबाट झापा निर्वाचन क्षेत्र-४ बाट निर्वाचित साँसद एलपी साँवाले अगुवाइ गरेको यो परियोजनाको कुल लागत ८५ करोड रुपैंया रहेको छ । निर्माण सुरु भएको दुई वर्षमा नै सम्पन्न भएको यो परियोजनाले नेपालको विद्युतको मागलाई पुरा गर्न सहयोगी हुने साँवाले बताउनुभयो । साँवाका अनुसार परियोजनाका लागि २१ बिगाहा १३ कठ्ठा जग्गा खरिद गरेर निर्माण सुरु गरिएको हो।
दुई वर्ष अघि निर्माण सुरु गरिएको परियोजना द्रुतगतिमा सम्पन्न भएको साँवाले बताउनुभयो । यस परियोजना बैकल्पिक परियोजना क्षेत्रमा उदाहरणीय हुने साँवाको दाबी छ। ‘बैकल्पिक उर्जाको क्षेत्रमा झापा इनर्जीले सुरु गरेको सोलार पावर प्राजेक्ट उदाहरणीय र नमुना हुन्छ’ साँवाले भन्नुभयो ‘अन्य ठाउँमा यस्तो परियोजना सञ्चालन गर्नेहरुका लागि यो एउटा नमुना हो।’

ठूलो क्षेत्रमा लस्करै राखिएका सोलार प्यानलका कारण यस ठाउँको सौन्दर्य पनि बढेको छ। आसपासका गाउँहरुबाट सोलार परियोजना हेर्न र तस्विर खिच्न मानिसहरुको भिडभाड लाग्ने गरेको छ । यो परियोजना निर्माणका लागि ७५ प्रतिशत रकम माछापुच्छ्र्रे बैंक र हिमालयन बैंकले लगानी गरेको छ । आयोजना स्थलबाट बुलुचोक स्थित सबस्टेशनसम्म ९ सय ६६ मिटर प्रशारण लाइन निर्माण गरिएको छ।

सञ्चालक साँवाका अनुसार परियोजनाबाट वार्षिक १करोड ७६ लाख १० हजार युनिट विद्युत उत्पादन हुन्छ । जसलाई १२ करोड ८५ लाख रुपैंयामा विक्रि गर्न सकिन्छ । परियोजनाको खरिद विक्री सम्झौता २५ वर्ष हुने छ। परियोजनाको नमुना परीक्षण पनि भइसकेको छ।
अध्यक्ष ओली आजै काठमाडौं फर्किने कार्यक्रम छ ।yobelabata

Leave a Reply

Your email address will not be published. Required fields are marked *