cURL Error: 0 म बलिउडमा छिरिसकें… नेपाली संगीतलाई पनि निरन्तरता दिन्छु…मेनुका पौडेल - पूर्व खबर

म बलिउडमा छिरिसकें… नेपाली संगीतलाई पनि निरन्तरता दिन्छु…मेनुका पौडेल

गायन रियालिटी शो इन्डियन आइल सिजन १४ बाट बाहिरिएकी गायिका मेनुका पौडेलले नेपालको सांगीतिक क्षेत्रले आफूलाई अझ बढी मिहिनेत गर्न सिकाएको बताएकी छन्।

आइतबारको एपिसोडमा शोबाट बाहिरिएको घोषणा भएलगत्तै सोमबार गृहजिल्ला झापा आइपुगेकी गायिका पौडेलले नेपालले संगीत क्षेत्रमा अझ धेरै मिहिनेत गर्ने प्रेरणा दिएको बताएकी हुन्।

नेपालको संगीत क्षेत्रले तपाईंको कदर नगरेको हो? भन्ने पत्रकारहरूको प्रश्नमा उनले भनिन्, ‘मलाई चाहिँ नेपालको संगीत क्षेत्रले अझ धेरै मिहिनेत गर्नु भनेर शिक्षा दिएकोजस्तो लाग्छ।’

संगीतको महासागर भारतको रियालिटी शोमा आफू उत्कृष्ट १० मा पुग्नु नै आफ्नो लागि ठूलो सफलता भएको उनले बताइन्। उनले बलिउडमा आफू प्रवेश गरिसकेको र गाउने धेरै अफर आइसकेको बताइन्।

उनले भनिन्, ‘म बलिउडमा छिरिसकें। गाउने काम धमाधम भइरहेको छ। नेपाली संगीतलाई पनि निरन्तरता दिन्छु।’

गायिका पौडेललाई आज झापामा साहित्य चौतारी तथा सप्तक संगीत विद्यालयले सम्मान तथा अभिनन्दन गरेका थिए।

उनलाई स्वागत गर्न कोशी प्रदेशका प्रदेशसभा सदस्य छवि चुडाललगायत ठूलो संख्यामा शुभचिन्तक तथा आफन्त नेपाल–भारत सीमामा रहेको मेची पुल पुगेका थिए।

पौडेल विसं २०५५ सालमा झापाको हल्दीवारी–४ मा जन्मेकी हुन्। उनले २०७४ सालमा नेपाल आइडलमासमेत प्रतिस्पर्धा गरेकी थिइन्।dessanchar bata

Leave a Reply

Your email address will not be published. Required fields are marked *