cURL Error: 0 गठबन्धनमा खटपट…राष्ट्रियसभाको अध्यक्ष पदमा माओवादीले दाबी गर्ने - पूर्व खबर

गठबन्धनमा खटपट…राष्ट्रियसभाको अध्यक्ष पदमा माओवादीले दाबी गर्ने

राष्ट्रियसभाको अध्यक्ष पदमा सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले पनि दाबी गर्ने भएको छ।

संसदीय दलको कार्यालय सिंहदरबारमा मंगलबार बसेको संसदीय दलको बैठकमा राष्ट्रियसभाको सबैभन्दा ठूलो दल भएकाले अध्यक्षमा दाबी गर्ने गरी छलफल भएको प्रतिनिधिसभा सदस्य एवं पार्टी सचिव देवेन्द्र पौडेलले जानकारी दिए।

यही माघ ११ गते भएको निर्वाचनबाट ५ सांसद जितेको माओवादी केन्द्र आगामी फागुन २१ पछि १८ सिटका साथ राष्ट्रियसभाको पहिलो दलको हैसियतमा रहने भएको छ।

राष्ट्रियसभा अध्यक्ष कांग्रेसलाई दिने सहमति बने पनि कोशी प्रदेशमा कांग्रेसले फ्लोर क्रस गरेर एमाले उम्मेदवारलाई जिताएपछि माओवादीमा अध्यक्ष दिन नहुने मत बलियो बनेको सचिव पौडेलले बताए।

कांग्रेसले नेता कृष्णप्रसाद सिटौलालाई अध्यक्ष बनाउने तयारी गरेको छ। माओवादीले दाबी नछाड्ने परिस्थितिमा गठबन्धनमा खटपट बढ्ने देखिएको छ।

संसदीय दलको बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा प्रतिपक्षी दलको प्रतिवाद गर्न सांसदहरुलाई निर्देशन दिएका छन्।

प्रतिपक्षी दलले सत्तामा हुँदा एउटा विपक्षमा हुँदा अर्को भूमिका खेल्ने गरेकाले सत्ता गठबन्धनका दल र सांसदहरूको प्रतिवाद नपुगेको बताएको स्रोतले जनाएको छ।

यसैगरी संसद र संसदीय समितिमा प्रभावकारी भूमिका खेल्न, सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकसहित थुप्रै आवश्यक विधेयक तत्काल पारित गर्नका लागि माहोल बनाउन, संसदको क्यालेन्डरअनुसार चल्न र विकास निर्माणका काममा आवाज उठाउन पनि प्रधानमन्त्री प्रचण्डले पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन्।thahakhabar bata

Leave a Reply

Your email address will not be published. Required fields are marked *