cURL Error: 0 बिर्तामोडको मदरसा कुरान स्कुललाई जग्गा अनुदान - पूर्व खबर

बिर्तामोडको मदरसा कुरान स्कुललाई जग्गा अनुदान

सरु मिश्र बिर्तामोड। बिर्तामोडमा बन्न लागेको मदरसा तालिमूल कुरान विद्यालयको लागि जग्गा प्राप्त भएको छ। आज आइतबार बिर्तामोड ३ बिर्ता बजार मा स्थापना गर्न लागिएको
तालिमूल कुरान विद्यालयको लागि जग्गा प्राप्त भएको हो। लामो समयदेखि स्थानीय अगुवा अप्रोच खानको सहजीकरणमा विद्यालयको व्यवस्थापन गर्न लागिएको हो। हाल बिर्तामोड नगरपालिकाको कार्यालयसँगै स्थापना गरिएको विद्यालय साँघुरो कोठामा स्थापना गरिएको छ। विद्यालयका अध्यक्ष खान भन्नुहुन्छ।मदरसा तालिमुल कुरान आधारभुत विद्यालयले विद्यालय भवन बनाउनका लागि खरिद गर्न लागेको जग्गा मध्ये केही जग्गा मदरसाको नाममा पास गर्न सफल भएका छौ। यस ऐतिहासिक कार्यमा आर्थिक सहयोग गरि यो सफलता हासिल गर्न मद्दत पुर्याउनु हुने सम्पुर्ण दाता महानुभावहरुप्रती हार्दिक सम्मान प्रकट गर्न चाहन्छौ। पास गर्न बाँकी रहेका जग्गाहरु यथाशिघ्र पास गर्न अझ धेरै आर्थिक सहयोगको अपेक्षा समेत गरेका छौ। बिर्तामोडमा हाल तीनवटा धार्मिक विद्यालयहरू रहेका छन्। बिर्तामोड नगरपालिकाले हाल आर्थिक सहयोग गरी विद्यालयको पठनपाठनमा सहयोग गरिरहेको छ। पछिल्लो समय बिर्ता बजारको साँघुरो कोठामा सञ्चालन गरिएको यो मदरसा स्कुलमा मुस्लिम भाषासहित अंग्रेजी भाषा समेतको पढाइ हुने गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *