cURL Error: 0 अटोले साइकललाई ठक्कर दिँदा बालकको मृत्यु - पूर्व खबर

अटोले साइकललाई ठक्कर दिँदा बालकको मृत्यु

मदिरा खाएर अटो चलाएका एक चालकको कारणले एकजना बालकको मृत्यु भएको छ। झापाको शिवसतासीमा अटोले साइकललाई ठक्कर दिँदा एक बालकको मृत्यु भएको हो. । अटोले ठक्कर दिएपछि बालकलाईबिर्ता सिटी अस्पताल लगिएको थियो। झापा शिवशताक्षी नगरपालिका वडा नम्बर ८ की ९ वर्षीया सितल श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय जनाएको छ।घटनामा अर्का एकजना गम्भीर घाइते भएका छन्। उनको अस्पतालमा उपचार भइरहेको छ। स्थानीय प्रत्यक्ष दर्शीका अनुसार अटो चालक मदिराले लठ्ठ भएर मातेका थिए। अटो र चालकलाई इलाका प्रहरी कार्यालय झिलझिले नियन्त्रणमा लिएको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत शिवसताक्षीको थेचम्बु चोकमा आइतबार साँझ ७ बजे अटोले साइकललाई ठक्कर दिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *