cURL Error: 0 डिल्ली गौतम स्मृति प्रतिष्ठानले कन्काइमा २ दिने निशुल्क आँखा तथा दन्त शिवीर आयोजना गर्ने - पूर्व खबर

डिल्ली गौतम स्मृति प्रतिष्ठानले कन्काइमा २ दिने निशुल्क आँखा तथा दन्त शिवीर आयोजना गर्ने

डिल्ली गौतम स्मृति प्रतिष्ठानले झापाको कन्काइ मा २ दिने निशुल्क आँखा तथा दन्त शिवीर आयोजना गर्ने भएको छ ।
आज झापाको कन्काइको होटल डेलाइटमा पत्रकार सम्मेलन आयोजना गरि भोलि विहीवार र शुक्रवार कन्काइ नगरपालिकाको कन्काइ माविमा आँखा तथा दन्त शिवीर आयोजना गर्न लागिएको झापा ४ का सघिंय सासंद एल वि सावांले बताउनुभएकोहो ।

आफ्नो क्षेत्रका विध्याथीैहरुलाइ स्वास्थ्य तथा सक्षम बनाउने लक्ष्यका साथ आफुहरुको अगुवाइमा संकल्प प्रतिष्ठानले डिल्ली गौतम स्मृति प्रतिष्ठान सगँ मिलेर काठमाडौ विएम फाउण्डेशनको प्राविधिक सहयोगमा शिवीर आयोजना गर्न लागिएको सासंद सांवाले बताउनुभएको छ ।

पत्रकार सम्मेलनमा आयोजकका अध्यक्ष रविन्द्र लम्सालले आफुहरुको बार्षिक अभियानको कार्यक्रमलाइ तिव्रता दिदै दन्त तथा आँखा शिवीर आयोजना गर्न लागिएको जानकारी दिनुभएको छ ।कन्काइ माविका २४सय विध्यार्थीहरुलाइ शिवीरबाट प्रत्यक्ष सेवा दिने लक्ष्य राखिएको प्राविधिक सहयोग गर्ने कान्तिपुर डेन्टल कलेज तथा टिचिडं अस्पतालका आँखा रोग विषेशज्ञ डाँ आरती थापा तथा अध्यक्ष डाँ बुद्दिमान श्रेष्ठले आफुहरुले गर्ने सेवाको वारेमा जानकारी दिदै नेपालमा दन्त तथा अाँखाको समस्या गम्भिर रुपमा देखिएकोले यो शिविरमा सहयोग गर्न खोजिएको बताउनुभएको छ ।

पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष रविन्द्र लम्साल,साँसद साँवा,डाँक्टर हरु लगाएतले भोलिको शिवीरका वारेमा जानकारी गराउनुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *