cURL Error: 0 कन्काइ मा कला, सँस्कृति तथा साहित्य महोत्सव आयाजना सम्पन्न - पूर्व खबर

कन्काइ मा कला, सँस्कृति तथा साहित्य महोत्सव आयाजना सम्पन्न

झापाको कन्काइ मा कला, सँस्कृति तथा साहित्य महोत्सव आयाजना सम्पन्न भएको छ।

झापाको सुरुङ्गामा प्रथम कनकाई कला, सँस्कृति तथा साहित्य महोत्सवको उद्घाटन भएको हो ।

कला, सँस्कृति तथा साहित्य मानव जीवनलाई सार्थक बनाउने एउटा पाटो भएकाले कला, सँस्कृति तथा साहित्यको छुट्टै महत्व राख्ने भएकोले महोत्सव आयोजना गरिएको आयोजकले बताएको छ ‘

रोटरी क्लब अफ सुरुङ्गाले आयोजना गरेको यो महान कार्यलाई ‘महोत्सव आयोजना गर्ने रोटरी क्लव अफ सुरुङगाको ‘अभूतपूर्व’ महोत्सवहरु मध्येको एउटा सर्वोच्च महोत्सव भएकोले यसको सर्वोच्चता कायम राख्न रोटरी क्लवले यो महोत्सव आयोजना गरिएको आयोजकले बताएको छ।

सुरुङ्गास्थित पशुपति अंग्रेजी माविको प्राङ्गणमा आयोजित तीन दिने कला, सँस्कृति तथा साहित्य महोत्सव सोमबारदेखी बुधबार सम्म संचालन भएको हो । महोत्सवको कलाकार तथा साहित्यकारनिर शाहले उद्घाटन गर्नूभएको थियो ।

रोटरी क्लब अफ सुरुङ्गाको आयोजनामा महोत्सव संचालन गरिएको क्लवका पूर्व अध्यक्ष कुमारमणि पोखरेलले जानकारी दिनुभएको छ । कला, संस्कृति तथा साहित्यको माध्यमबाट कनकाई नगर क्षेत्रको साहित्य, संस्कृति र कलाको प्रवद्र्धन गर्ने उद्देश्य रहेको क्लबका पुर्व अध्यक्ष पोखरेलले जानकारी दिनुभएको हो । ।

महोत्सवमा स्थानीय साथै जिल्ला स्तरीय साहित्य गोष्ठी, हाँस्य व्यङ्ग्यसहित साँस्कृतिक कार्यक्रम, पुस्तक मेला, कविता गोष्ठीलगायत कार्यक्रम संचालन गरिएको आयोजक रोटरी क्लबले जनाएको छ । कनकाई प्रतिभा प्रतिष्ठानको संयोजनमा भएको स्थानीय स्रष्टाहरुको साहित्य गोष्ठीको संचालन गरिएको प्रतिष्ठानका सचिव प्रेम प्रभातले गर्नूभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *