cURL Error: 0 आफूलाई नियत बस फसाउन खोजियो-गगन पुरी भिडियो सहित - पूर्व खबर

आफूलाई नियत बस फसाउन खोजियो-गगन पुरी भिडियो सहित

https://www.facebook.com/share/v/2EAPT16WM5QJA41c/?mibextid=ZbWKwL. राजकुमार ओली बिर्तामोड झापा। दमकको जग्गाको विषयमा चर्चामा आएका माओवादी नेता गगन पुरीले आफूलाई नियतवश फसाउन खोजिएको बताउनुभएको छ। आज झापाको दमक स्थित अख्तियारले मुद्दा हालेको जग्गामै बसेर पत्रकार सम्मेलन गरी आरोपित पुरीले आफूलाई केही व्यक्तिहरूले नियत बस फसाउन खोजेको तर आफूले प्रतिकार गर्न छोड्ने बताउनुभएको छ। दमकका १०० धेरै सुकुम्बासीहरू तथा स्थानीय बासीहरूको समेत साथमा लिएर नेता पुरीले पत्रकार सम्मेलन गर्नुभएको हो। पुरीले आफ्ना बुवाको पालादेखि नै आफ्नो ६० बिघा जग्गा रहेको र ३० बिघा जग्गा बुवाका नाममा रहेको र बाँकी ३० बिघा जग्गा आफ्नो आफन्त र सुकुम्बासीहरूलाई बाँडेको अवस्थामा अख्तियारले हाल त्यही जग्गालाई राज्यको जग्गा भन्दै मुद्दा हालेपछि आफू पीडित बनेको बताउनुभएको छ। पत्रकार सम्मेलनमा दमक नौ र आठका स्थानीय बासीहरू समेत ले आफ्नो समस्याहरू राखेका थिए। आफूहरूलाई अन्जानमा फसाइएको सुकुम्बासीहरू र स्थानीयवासीहरूले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *