cURL Error: 0 झापा गोल्ड कपमा केहीबाट असहयोग प्राप्त भएकोले मन दुखेको छ- अध्यक्ष बस्नेत, भिडियो सहित - पूर्व खबर

झापा गोल्ड कपमा केहीबाट असहयोग प्राप्त भएकोले मन दुखेको छ- अध्यक्ष बस्नेत, भिडियो सहित

राजकुमार ओली बिर्तामोड झापा।
झापा गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको छ। आज बिर्तामोड ३ को बिर्ता बजारमा पत्रकार सम्मेलन गरी छैठौँ झापा गोल्डकप को सम्पूर्ण तयारी पूरा गरिएको र भोलि देखि खेल सुरु हुने आयोजकले बताएको छ।

आयोजकका अध्यक्ष विनोद बस्नेतले आफूहरुले गरेको काममा सबैले साथ दिनुपर्ने र जसरी पनि सम्पन्न गरेरै छोड्ने बताउनुभएको छ। केही व्यक्तिहरूले असहयोग गरेकै कारण झापा गोल्डकप रोकिने छैन।

पैसा नपुगे आफ्नो खेत बेचेर पनि खेल सम्पन्न गर्ने अध्यक्ष बस्नेतले बताउनुभएको छ।

निकै भावुक मुद्रामा स्टेजमा उभिएका बस्नेतले मिडियाकर्मीले साथ दिएको तर केहीबाट असहयोग प्राप्त भएकोले मन दुखेको बताउनुभएको छ। बाइट। भोलि शनिबारबाट उद्घाटन हुने खेल मा संकटा फुटबल क्लब र एपीएफ फुटबल क्लब ले आमने सामनेमा खेल खेल्ने छन्

भने आइतबार फागुन २० गते नेपाल पुलिस क्लब र चर्च बोइज युनाइटेड क्लब बीच खेल हुने आयोजकले बताएको छ।

बिर्तामोड ३ को डोमलाल रङ्गशाला मा खेल आयोजना हुने र फागु न २८ गते खेल समापन हुने कार्यतालिका तयारी गरिएको छ। खेलमा त्रिभुवन आर्मी क्लब मच्छिन्द्र फुटबल क्लब झापा ११ फुटबल क्लब बागमती युवा क्लब र एनआरटी फुटबल क्लब ले खेल खेल्ने आयोजकका महासचिव गजेन्द्र पौडेलले बताउनुभयो खेलको मुख्य आयोजकमा अर्ना र मुख्य सहप्रायोजकमा अन्तर्राष्ट्रिय जापान समाज रहेको वरिष्ठ उपाध्यक्ष बलराम कार्कीले बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *